logo

पर्साका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको निर्वाचन, अवेर रातीबाट मतगणना हुने (फोटो फिचर)

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १५ गते ०८: १० मा प्रकाशित     611   पटक पढिएको

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनकोलागि पार्टीका तल्ला संरचनाहरुको निर्वाचन जारी छ । बुधवार पर्सामा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधि छनोटकालागि निर्वाचन सम्पन्न भएको छ । 


क्षेत्र नं १ मा  महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिको निर्वाचनकालागि  क्षेत्र नं २ मा ४ सय ३४ मतदाताले आफनो मताधिकार प्रयोग गरेको निर्वाचन अधिकृत तिर्थराज यादवले जानकारी दिनु भयो । 


त्यसैगरि क्षेत्र नं १ मा ३ सय १८ मतदाताले मतदानमा भाग लिएको निर्वाचन अधिकृत प्रदीप जयसवालले जानकारी दिनु भयो । त्यस्तै क्षेत्र नं ३ मा राती साढे आठ बजेपनि मतदान भइरहेको छ ।  ५ सय ८० भन्दा बढी मतदाता रहेको क्षेत्र नं ३ मा राती साढे आठ बज्दा ४ सयको हाराहारीमा मतदान भएको बताइएको छ ।

क्षेत्र नं ४ मा भने यस अघि नै  सर्वसम्मत रुपमा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन ।

नेपाली कांग्रेसका युवा नेता जिल्ला बिकास समिति पर्साका पूर्व सभापति जनार्दन सिहं क्षेत्री पर्साको क्षेत्र नं ३ बाट महादिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

उहाँ खसआर्य क्लस्टरबाट सर्वसम्मत हुनु भएको हो । त्यसै गरि क्षेत्र नं १ मा खसआर्य क्लस्टरबाट दिनेश पन्त सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।

क्षेत्र नं ३ को क्षेत्रीय समितिका लागि ६ जना र २ मा एक जना महिला क्षेत्री समितिमा निर्विरोध निर्वाचित हुनु भएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.