logo

पर्साका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको निर्वाचन, अवेर रातीबाट मतगणना हुने (फोटो फिचर)

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १५ गते ०८: १० मा प्रकाशित     780   पटक पढिएको

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनकोलागि पार्टीका तल्ला संरचनाहरुको निर्वाचन जारी छ । बुधवार पर्सामा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधि छनोटकालागि निर्वाचन सम्पन्न भएको छ । 


क्षेत्र नं १ मा  महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिको निर्वाचनकालागि  क्षेत्र नं २ मा ४ सय ३४ मतदाताले आफनो मताधिकार प्रयोग गरेको निर्वाचन अधिकृत तिर्थराज यादवले जानकारी दिनु भयो । 


त्यसैगरि क्षेत्र नं १ मा ३ सय १८ मतदाताले मतदानमा भाग लिएको निर्वाचन अधिकृत प्रदीप जयसवालले जानकारी दिनु भयो । त्यस्तै क्षेत्र नं ३ मा राती साढे आठ बजेपनि मतदान भइरहेको छ ।  ५ सय ८० भन्दा बढी मतदाता रहेको क्षेत्र नं ३ मा राती साढे आठ बज्दा ४ सयको हाराहारीमा मतदान भएको बताइएको छ ।

क्षेत्र नं ४ मा भने यस अघि नै  सर्वसम्मत रुपमा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन ।

नेपाली कांग्रेसका युवा नेता जिल्ला बिकास समिति पर्साका पूर्व सभापति जनार्दन सिहं क्षेत्री पर्साको क्षेत्र नं ३ बाट महादिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

उहाँ खसआर्य क्लस्टरबाट सर्वसम्मत हुनु भएको हो । त्यसै गरि क्षेत्र नं १ मा खसआर्य क्लस्टरबाट दिनेश पन्त सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।

क्षेत्र नं ३ को क्षेत्रीय समितिका लागि ६ जना र २ मा एक जना महिला क्षेत्री समितिमा निर्विरोध निर्वाचित हुनु भएको छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.