logo

काग्रेसमा हस्तीहरु पराजीत,नीति गौण,अन्तरघातका क्षिद्रहरु बढ्ने

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०३: ४१ मा प्रकाशित     1427   पटक पढिएको

नेपाली कांग्रेस पर्साको अधिवेशनमा हस्तीहरु पराजीत भएका छन । शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्यले महाधिवेशन प्रतिनिधिमा निर्वाचन हार्नु परेको छ ।

 

नेपाली कांग्रेस पर्साको सभापति रहिसकेकाका शहीद पुत्र अमात्य संबिधान सभाका सदस्य पनि हुन । उनले महाधिवेशन प्रतिनिधिमा चुनाव जित्न सकेनन ।  नेपाली कांग्रेस भित्र उच्च बौद्विक क्षमता भएका दुई जना ता बिद्यावारिधी गरेका डा.भगवान यादव र डा.सुष्मा तिवारी पनि महाधिवेशन प्रतिनिधिमा डिफिटेड हुनु पर्यो ।

 

ठाकुरराम बहुमुखी क्याम्पसको सहायक प्रमुख भइसकेका नेपाली कांग्रेस पर्साको बहारवाला जिल्ला सचिव रोशन लामिछानेलाई पनि मतदाताले अस्विकार गरिदिए । सामाजिक आन्दोलनको अग्लो कद श्याम पोख्रेलले पनि हार्नु पर्यो । यद्धपी पोख्रेल कुनै खेमामा नभएका कारण हार भोग्नु परेको काग्रेसजनकै बिश्लेषण छ ।

 

जनप्रतिनिधिको रुपमा काम गर्दै आएका हविव मिया, ध्रुब नेपाल, ब्रहमदेवराउत कुर्मीलाई पनि काग्रेस मतदाताले मन पराएको देखिएन । महाधिवेश प्रतिनिधिमा प्रतिस्पर्धा गर्न उत्रिएका पत्रकार अशोक तिवारीलाई पनि मतदाताले बिजयको शिखरमा पुरयाउन रुची देखाएनन । पुराना काग्रेसी नेता जोखन दास थारुले पनि  हार ब्यहोर्नु पर्यो ।

 

महिला नेतृहरु रुपा देवी श्रेष्ठ,बिद्या श्रेष्ठ उत्तमा प्याकुरेलपनि अस्वीकृत हुन पुगे । बाहलवाला नगरसभापति भोला कलवारले हार भोग्नु पर्यो ।हरेन्द्र सिंह बिर बहादुर यादव पनि मतदाताको रोजीमा पर्न सकेनन । नेपाली कांग्रेस पर्साले लोकतन्त्रको नाममा गरेको निर्वाचन अभ्यासले पार्टीपंक्ति भित्र तिक्तता बढाउने देखिएको छ ।

 

अन्तरकलह र अन्तरघातको रिन्तरको श्रृखंलाका कारण लामो समयदेखी पराजयको पीडा भोगेको कांग्रेसले यो निर्वाचनबाट उत्साहको संचार भने गर्न सकेन । नेपाली कांग्रेसमा कार्यकर्ता पंक्तिले काम गर्नेहरुको मूलयाकंन गर्ने भएपनि नेताहरुले पार्टी भन्दा पनि आफना मान्छे बनानउने काम गरेपछि कांग्रेस एकतामा ग्रहण लागेको छ ।

 

नव निर्वाचित क्षेत्रीय सभापति अरविन्द गुप्ताको धारणा पनि यस्तै छ । एउट प्रश्न मना उब्जेको छ म नेताहरुकालागि  राम्रो कहिले हुन्छु के काम गर्दा हुन्छु गुप्ताले भने यो प्रश्नको जवाफ  कार्यकर्ता पंक्तिबाट त पाए मेरो जित त्यसको जवाफ हो तर नेताहरुले जवाफ कहिले दिन्छन त्यसको प्रतिक्षा छ ।

पार्टीको काम गर्दा नेताको नभइने प्रवृतिका कारण यस्ता प्रश्नहरु उठने गरेका छन । यसको जवाफ समग्रतामा खोजे मात्र पर्सा काग्रेसले जनमताको सम्मान गर्ने वतावरण बन्न सक्छ । बिद्यावरिधी गरेकाहरु अध्यापकहरु चुनाव हार्ने जुन वतावरण बनेको छ यसले काग्रेसको नीति निर्माणमा कस्तो असर पार्ला भन्ने प्रश्न उब्जेको छ ।

 

डा.तिवारीले सामाजिक संजालमा गर्भमै एउटा राम्रो उद्देस्य लिएर केहि अरु भन्दा राम्रै, स्वच्छ र इमान्दारिताका सपना बोकेर हिड्न खोजेर, संसारमा आउन खोज्नेलाई मार्न खोज्नु हुने सम्पूर्णमा धन्यबाद भनेर लेख्नु भएको छ ।

 

हेर्दा सामान्य वाक्य जस्तो लाग्ने भएपनि यस भित्रको मर्म भने निकै अर्थपूर्ण छ । हिजोको निर्वाचनमा अन्तरघातको जुन सवाल थियो यो निर्वाचनले त्यसैलाई बल पुर्याउने तर्क स्वयं काग्रेसजनले गरेको देखिन्छ निर्वाचनले जित्नेले संसार जिते जस्तो र हार्नेले सबै गुमाएको जस्तो देखिएकोले अन्तरघातको क्षिद्र बढने बिशलेषण गर्न थालिएको छ । यसको असर आउने निर्वाचनमा देखिने छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.