logo

प्रेस सेन्टर नेपालको अध्यक्षमा सर्वसम्मत अन्य पदाधिकारी छनौट बिना महाधिवेशन सकियो

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १९ गते ०८: ४७ मा प्रकाशित     783   पटक पढिएको

 विष्णु सापकोटा ‘जुगल’ सत्तारुढ नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य पदाधिकारी चयन हुन भने बाँकी नै छ । योे संगै चाथौ राष्ट्रीय सम्मेलन पनि सकिएको छ ।


हिजोदेखि चितवनमा जारी सेन्टरको चौथो महाधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहेका उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।

 

त्यस्तै महाधिवेशनको बन्दसत्रबाट १ सय ९१ केन्द्रीय सदस्यको नाम समेत घोषणा भएको छ। प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ ।


अध्यक्ष बाहेक अन्य पदाधिकारीमा दावेदार धेरै छन् । अरु पदाधिकारी केन्द्रीय कमिटीको बैठकबाट टुग्याउने गरि महाधिवेशन सकिएको हो । पदाधिकारीमा दावेदार धेरै भएकोले महाधिवेशनको निर्धारित समय सकिएकोले पदाधिकारीको अन्तिम टुगो केन्द्रीय कमिटीको बैठकले लगाउने गरि सहमती बनेको  प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द देवकोटाले जानकारी दिनु भयो । 


प्रदेश २ को पर्सा जिल्लाबाट केन्द्रीय सदस्यमा गोविन्द देवकोटा , कृष्णउदास खनाल, निरज पिठाकोटे मगर बाराबाट महेश्वर अधिकारी ,रौतहटबाट मनोज साह , सर्लाहीबाट जनार्दन पोख्रेल, महोतरीबाट सुनिता बराल ।निकेश खनाल, धनुषाबाट शैलेन्द्र क्रात्,ि जेती झा अनिल मिश्र,सिराहबाट मनिलाल बिश्वकर्मा, हिरालाल चौधरी, सप्तरीबाट राजु बिश्वकर्मा र मला कर्ण लगायतका सर्वसम्मत रुपमा चयन भएका छन । प्रदेश २ बाट सर्वसम्मत चयन भएका मध्य गोविन्द देवकोटाको पदाधिकारीमा दावेदारी रहेको छ । 

 

प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत विदा भएका छन् ।

 

नेतृत्वमा भने युवा दाबेदार थपिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि गोविन्द देवकोटा ,सचिन रोका ,लक्ष्मी पुन, ओपेन्द्र शर्मा  लगायतको दावी छ ।

महासचिवमा मोनज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुव बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.