चर्चित मुस्लिम नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित मियाले एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको हो ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्यहरु निर्मला देवकोटा , प्रभु हजारा, पार्टीका जिल्ला सचिव मनोज गुप्तालगायतका नेताहरु सहित मियाले हालैमात्र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
मियासहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष ओली पुस पहिलो साता पर्साको जगरनाथपुरमा आउने कार्यक्रम तय भएको छ ।
जालीम मियाको एमाले प्रवेश संगै पर्साको राजनीतिक शक्ति सन्तुलमा उलटफेर आउने आँकलन गरिएको छ । जगरनाथपुरमा यो भन्दा अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल आएको ठाउमै कार्यक्रमको आयोजना गरेर मिया एमाले प्रवेशको अन्तिम निष्कर्षमाा पुगेको स्रोतको दावी छ ।
मियासंगै अन्य पार्टीका राजनीतिमा खारिएका र परिपक्व नेताहरुसमेत एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन । यो प्रवेश संगै पर्सा राजनीतिमा नेकपा एमाले शक्तिशाली भएर आउने बिश्लेषण गर्न थालिएको छ ।
तपाईको प्रतिक्रिया