नेपाली काग्रेशको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी हुनु भएको छ । उहाँले अर्का प्रतिस्पर्धि जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै विजयी हुनु भएको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।
बानियाँ शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौलापक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको जनाइएको छ ।
मतपरिणमको अंक भने निर्बाचन अधिकृतले केहीबेरमा सार्वजनिक गर्दै हुनुहुन्छ ।ल्याउन नसकेपछि पुनः मतदान भएको हो । हेटौंडाको बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको चुनाबमा बानियाँले बिजय प्राप्त गर्नुभयो ।
आजै मात्र कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेका थिए । यसअघि शनिबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए । प्रधानले बानियाँलाई समर्थन गरेसंगै विजयी हुनका लागि सहज भएको हो ।
तपाईको प्रतिक्रिया