नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य जालिम मियाँ माओवादी बन्न लायक नभएको बताउनु भएको छ ।
प्रचण्ड निवास खुमलटारमा पर्साका केही पूर्व माओवादीहरुलाई पार्टी प्रवेश गराउदै दाहालले जालीम मिया जाहा जानु पर्ने थियो त्यही गए भन्दै एक गए दर्जन आउनु भयो चिन्ता छैन भन्नु भयो ।
‘प्रचण्ड’ ले माओवादी केन्द्रमा बस्न नसुहाउँने नेताहरुले एमालेमा जाने गरेको बताउनु भएको छ ।
दाहालले माओवादीमा आएर पार्टीलाई बदनाम गर्नेहरु पार्टीमा बसिरहन नसुहाउने बताउदै एमाले नै सुहाउँदो पार्टी भएको बताउनुभयो ।
यहाँ मलाई केही साथीहरुले मलाई अलि प्रेसर बनाउनु भएको थियो । जालिमलाई एकचोटी बोलाएर कुरा गर्यो भने जान्न होला । फेरी मैले जालिमको बारेमा योबीचमा जे सुनेँ जे बुझेँ । पटक पटक भेट्नुभन्दा हामीकहाँ भन्दा उतैतिर गएको ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ । उनी माओवादी बन्न लायक होईनन् ।
आफैले मैले जाऊ भन्न नमिल्ने भएर मात्रै नभन्या हो । जहाँ जानुपर्ने त्यहाँ गए । अहिले फेरी बोलाएर यही बस भन्नु चाहिँ मैले उचित ठानिन । भेडा भेडासँग बाख्रा बाख्रासँग भने जस्तै कुनै टेन्सन लिनुपर्ने लागेको छैन । हामी सबै एकठाउँमा हुनुनै थियो । त्यस्ता मान्छे केपीसँगै जानु ठिक हो ।”
पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य उर्मिला अर्याल, पर्सा इन्चार्ज विजय महतो, संयोजक रामदरश कुश्वाहा, सचिव बालेश्वर थारु, पर्सा सदस्य प्रभाकर गुप्ता, अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कबिराज पटेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक इमदाद गद्दी अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताबबच्चन दास, जिल्ला अध्यक्ष सुनिल रौनियार, जिल्ला सदस्यहरु गौरवसंतोष पटेल, प्रदीप गुप्ता लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्र मै फर्किएका हुन् ।
तपाईको प्रतिक्रिया