लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश अध्यक्षमा नियुक्त गरेका हुन् । लोसपा संसदीय दलको नेता समेत रहेका सोनल यसअघि प्रदेश २ सरकारमा मन्त्री थिए ।
लोसपा केन्द्रीय कार्यकारिणी सदस्य समेत सहेका सोनल बारा क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले संबिधान सभा पहिलोमा संबिधान सभाको सदस्यको रुपमा आफनो भूमिका पनि निर्वाह गरेका थिए ।
प्रदेश २ को राउत सरकारमा उनी पछिको वरियतामा रहेर ३ वर्ष भन्दा बढी भौतीक पूर्वाधार मंत्रालयको नेतृत्व पनि सम्हालेका थिए ।
तपाईको प्रतिक्रिया