नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भूगोल तर्फका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन ।
यसरी निर्वाचित हुनेमा प्रदेश तर्फका उम्मेदवार रहेका छन । प्रदेशमा २ केन्द्रीय सदस्य छानिनु पर्नेमा तीन जनाको दावेदारी परेको थियो ।
प्रदेश संयोजकको जिम्मेवारीमा रहेका रमेश रिजाल, आन्नद ढुङागा र जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका थिए । जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ ।
आज ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ ।
तपाईको प्रतिक्रिया