logo

सखुवा प्रसौनी गापा उपाध्यक्ष थारु सहित जसपाका नेताहरु एमाले प्रवेश 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २७ गते ०४: २५ मा प्रकाशित     805   पटक पढिएको

 जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी  एमालेमा प्रवेश गरेका छन् ।

जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया , धामु शर्मा , सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी , जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अजोध्या कुर्मी लगायतका व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन । 

 


नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको  बालकोट स्थित निवासमा पुगेर उनीहरु एमाले प्रवेश गरेका हुन । 
 उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

 

उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेमा नयाँ पुरानो भनेर विभेद नगरिने आश्वासन दिँदै महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता जनाए ।

पार्टी प्रवेश गर्दै रामबाबु चौरसियाले मधेशी दल लुटेराको ,  भ्रस्टचारीको पार्टी भएको भन्दै अब त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताउनु भयो । 

सो अवसरमा नेकपा एमालेका केन्द्रीय निर्मला देवकोटा , राजकुमार गुप्ता,पालिका कमिटी अध्यक्ष अकलेश साह ,  युवा संघका सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम , पालिका कमिटी सचिव राजेश सहनी , ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल , युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा , स्काउट गाउँपालिका अध्यक्ष भग्वानलाल पटेल लगायतकोसुहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.