logo

सखुवा प्रसौनी गापा उपाध्यक्ष थारु सहित जसपाका नेताहरु एमाले प्रवेश 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २७ गते ०४: २५ मा प्रकाशित     955   पटक पढिएको

 जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी  एमालेमा प्रवेश गरेका छन् ।

जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया , धामु शर्मा , सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी , जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अजोध्या कुर्मी लगायतका व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन । 

 


नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको  बालकोट स्थित निवासमा पुगेर उनीहरु एमाले प्रवेश गरेका हुन । 
 उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

 

उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेमा नयाँ पुरानो भनेर विभेद नगरिने आश्वासन दिँदै महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता जनाए ।

पार्टी प्रवेश गर्दै रामबाबु चौरसियाले मधेशी दल लुटेराको ,  भ्रस्टचारीको पार्टी भएको भन्दै अब त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताउनु भयो । 

सो अवसरमा नेकपा एमालेका केन्द्रीय निर्मला देवकोटा , राजकुमार गुप्ता,पालिका कमिटी अध्यक्ष अकलेश साह ,  युवा संघका सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम , पालिका कमिटी सचिव राजेश सहनी , ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल , युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा , स्काउट गाउँपालिका अध्यक्ष भग्वानलाल पटेल लगायतकोसुहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.