logo
Wednesday, 14 May 2025, 5:38:50 am

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २९ गते ०६: २२ मा प्रकाशित     660   पटक पढिएको

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । 

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन ।
 
 
 यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए।  देउवाले २ हजार ७३३ मत ल्याए ।
 
यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए । भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु