logo

सन्देश सभाको तयारीका बिषयमा एमाले नेताहरु स्थलगत अनुगमनमा, पुष ८ मा  भब्य शक्ति प्रर्दशन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ पौष २ गते ०७: ४७ मा प्रकाशित     731   पटक पढिएको

नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश तथा सन्देश सभाको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।

जगरनाथपुरमा आयोजना हु्ने पार्टी प्रबेश कार्यक्रमलाई भब्य बनाउने उदश्यले आज एमाले नेताहरुको टोली स्थलगत अनुगमनको सिलसिलामा पर्सा जगरनाथपुर पुगेको हो ।

 

टोलीमा एमालेका केन्द्रीय सचिब एवं पुर्ब उपप्रधानमन्त्री रघुबीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य  पुरुषोतम पौडेल, लिलानाथ श्रेष्ठ, ज्वाला साह, सुमन प्याकुरेल  अच्युत मैनाली, केन्द्रीय सदस्यहरु निर्मला देवकोटा ,प्रभु हजरा, राजकुमार गुप्ता, अरबिन्द सिंह, कल्पना कटुवाल, बलबीर चौधरी, बद्री प्रसाद न्यौपाने, उद्धब रेग्मी, प्रदेशका अध्यक्ष, उपाध्याक्ष, सचिब, उपसचिब, सदस्याहरु,प्रदेश भरिका अगूवा नेताहरुको सहभागिता रहेको थियो । प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रमको संचालन नेकपा एमाले पर्साका सचिव  मनोज गुप्ताले गर्नुभएको थियो ।

 


८ गतेको कार्यक्रमलाई ऐतिहासिक र भब्य बनाउने भेलाको निष्कर्ष रहेको केन्द्रीय सदस्य निर्मला देवकोटाले बताउनु भयो । बारा पर्साका सहितका अन्य जिल्लाबाट गरि सभामा ५० हजार बढी नागरिक सहभागि हुने गरि तयारी गरिएको देवकोटाले बताउनु भयो । कार्यक्रम स्थल जगरनाथपुरमा मंच ब्यवस्थापनको काम हुदै छ ।

 

सुरक्षा ब्यवस्था चुस्त बनाउनकालागि पनि स्थानीय प्रशासनसंग आवश्यक परामर्श भइरहेको नेकपा एमालले जनाएको छ । सभास्थलमा पुग्ने सवारीको ब्यवस्थापन  ट्राफिक ब्यवस्थापनमा पनि आवश्यक तयारी र स्थानको छनौट गरिएको एमाले पर्साका सचिव मनोज गुप्ताले जानकारी दिनु भयो ।

भर्खरै सकिएको नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनको सन्देश प्रवाह गर्न र बृहत पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेले मधेशमा आफनो शक्ति प्रर्दशनको एउटा उपर्युक्त मौकाको रुपमा लिएको बताइएको छ ।  

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.