logo

सन्देश सभाको तयारीका बिषयमा एमाले नेताहरु स्थलगत अनुगमनमा, पुष ८ मा  भब्य शक्ति प्रर्दशन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ पौष २ गते ०७: ४७ मा प्रकाशित     571   पटक पढिएको

नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश तथा सन्देश सभाको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।

जगरनाथपुरमा आयोजना हु्ने पार्टी प्रबेश कार्यक्रमलाई भब्य बनाउने उदश्यले आज एमाले नेताहरुको टोली स्थलगत अनुगमनको सिलसिलामा पर्सा जगरनाथपुर पुगेको हो ।

 

टोलीमा एमालेका केन्द्रीय सचिब एवं पुर्ब उपप्रधानमन्त्री रघुबीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य  पुरुषोतम पौडेल, लिलानाथ श्रेष्ठ, ज्वाला साह, सुमन प्याकुरेल  अच्युत मैनाली, केन्द्रीय सदस्यहरु निर्मला देवकोटा ,प्रभु हजरा, राजकुमार गुप्ता, अरबिन्द सिंह, कल्पना कटुवाल, बलबीर चौधरी, बद्री प्रसाद न्यौपाने, उद्धब रेग्मी, प्रदेशका अध्यक्ष, उपाध्याक्ष, सचिब, उपसचिब, सदस्याहरु,प्रदेश भरिका अगूवा नेताहरुको सहभागिता रहेको थियो । प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रमको संचालन नेकपा एमाले पर्साका सचिव  मनोज गुप्ताले गर्नुभएको थियो ।

 


८ गतेको कार्यक्रमलाई ऐतिहासिक र भब्य बनाउने भेलाको निष्कर्ष रहेको केन्द्रीय सदस्य निर्मला देवकोटाले बताउनु भयो । बारा पर्साका सहितका अन्य जिल्लाबाट गरि सभामा ५० हजार बढी नागरिक सहभागि हुने गरि तयारी गरिएको देवकोटाले बताउनु भयो । कार्यक्रम स्थल जगरनाथपुरमा मंच ब्यवस्थापनको काम हुदै छ ।

 

सुरक्षा ब्यवस्था चुस्त बनाउनकालागि पनि स्थानीय प्रशासनसंग आवश्यक परामर्श भइरहेको नेकपा एमालले जनाएको छ । सभास्थलमा पुग्ने सवारीको ब्यवस्थापन  ट्राफिक ब्यवस्थापनमा पनि आवश्यक तयारी र स्थानको छनौट गरिएको एमाले पर्साका सचिव मनोज गुप्ताले जानकारी दिनु भयो ।

भर्खरै सकिएको नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनको सन्देश प्रवाह गर्न र बृहत पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेले मधेशमा आफनो शक्ति प्रर्दशनको एउटा उपर्युक्त मौकाको रुपमा लिएको बताइएको छ ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.