logo

प्रेस चौतारी नेपाल पर्सामा फेरी पनि बन्जारा,एमाले नेता र पत्रकारहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७८ पौष १७ गते १०: ३८ मा प्रकाशित     701   पटक पढिएको

    प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशनले श्याम बन्जाराको नेतृत्वमा २५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। शनिबार  वीरगन्जमा भएको जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव समेत रहेका बन्जाराको नेतृत्वमा  २५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । 


    एक सय १६ साधारण सदस्य रहेको पर्सा चौतारीको उपाध्यक्षमा तुलसी भण्डारी, महिला उपाध्यक्षमा कविता खड्का, सविच राजेन्द्र सिंह नेपाली, सह सचिवमा महमद सदाब तथा सन्तोष पटेल र कोषाध्यक्षमा राकेश साह निर्विरोध निर्वाचित भएको छन् । त्यसै गरी  नेहाल खान, मनिष पौडेल, एस.के. चौरसिया, दीपेन्द्र साह, धनन्जय मिश्र, शम्भु थारु, प्रकाश तिवारी, निलम चौधरी, हेमकृष्ण चापागाई कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एन्जल चौधरी र नितेश कर्ण लगायत सदस्यमा निर्विरोध निर्वाचित भएका छन । 


    चौतारी पर्साका सल्लाहकारहरुमा प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, किरणराज पाण्डे, संजय साह, सरोज खड्का, मनोज मिश्र, युराज खड्का र लक्ष्मी खरेल रहेका छन् । त्यसै गरी केन्द्रिय प्रतिनीधिहरुमा महेश दास, अनुप तिवारी, महेशचन्द्र गौतम, सुस्मा शर्मा रहेका छन् । चौतारीका प्रदेश प्रतिनिधिमा  जितेन्द्र साह, श्याम कुशवाहा, निरन्जन मिश्र, लक्ष्मी खरेल, सफल खतिवडा, कन्हैया गुप्ता  आसिक अंसारी र ग्याँसुदिन मिया रहेका छन । 


निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सपथ गराए । बन्द शत्र पूर्वको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले   मुलुकको विकास र हितका लागि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा  अन्य पार्टीमा चुनाव जित्न प्रयोग गरिएको चर्चा गरे ।

 

उनलेचौतारीले पनि मूल पार्टीले ल्याएको नारासँग मिल्दो जुद्धो ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजिवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारा आठौ राष्ट्रिय अधिवेशनबाट ल्याइसकेकोले एमालेले गरेका राम्रा कामको फेहरिस्त जनस्तरमा पु¥याउन सक्नु पर्ने सुझाव दिए । 


उद्घाटन समारोहमा नेकपा एमालेका प्रदेश २ सह इन्चार्ज ज्वाला साह, केन्द्रीय सदस्यहरु प्रभु हजारा, निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह, वीरगन्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, छिपहरमाई गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमाले पर्साका सचिव, मनोज गुप्ता, प्रेस चौतारी नेपालका  केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दास, नेपाल  पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतले चौतारीका पत्रकार अब अरु संगठनका पत्रकारहरुभन्दा अब्बल पत्रकारीता सहित समाजमा देखा पर्नु पर्ने बताए । वक्ताहरुले  खोज पत्रकारितालाई प्राथमिकतामा पार्नु पर्ने मा प्रेस चौतारीको ध्यान जानु पर्नेमा जोड दिए  ।

कार्यक्रमा प्रेस चौतारी नेपाल पर्साले नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रभू हजरा,  निर्मला देवकोटा, राजकुमार गुप्ता र अरविन्द कुमार सिंहलाई दोसल्ला ओढाई सम्मान पत्र साथ सम्मान गरेको थियो । त्यस्तै प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दास बरिष्ठ पत्रकार शत्रुघ्न नेपाल  पर्साका पूर्व अध्यक्षहरु के.सी.लामिछाने,श्याम बन्जारा, लालबाबु शेख,अनुप तिवारी , प्रताप श्रेष्ठ, बरिष्ठ पत्रकार महेशचन्द्र गौतम, किरण राज पाण्डे, शिवशंकर साह, पत्रकार सुष्मा शर्मा लक्ष्मी खरेल र कविता खड्कालाई प्रेस चौतारी नेपालले आफनो पाँचौ जिल्ला अधिवेशनको अवसरमा सम्मान गरेको थियो ।   कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल पर्साका निर्वतमान सचिव संजीव मिश्रले संचालन र तुलसी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.