logo

सुकुम्वासी नागरिकलाई गास बास र कपासको ब्यवस्था मिलाउन संबिधान सभा सदस्य गुप्ताको माँग

 इसीमाना सम्वाददाता     २०७८ पौष २० गते ०८: ५६ मा प्रकाशित     521   पटक पढिएको

बर्षौदेखी बसोबास गर्दै आएका बिभिन्न स्थानका सुकुम्वासीको समस्या समाधान गर्न संबिधान सभाका सदस्य राजकुमार गुप्ताले माँग गर्नु भएको छ । सुकुम्वासी नागरिकको गास बास र कपासको ब्यवस्था मिलाउने दायित्व राज्यको भएको भन्दै संबिधान सभाका सदस्य गुप्ताले पाँचदलीय गठबन्धनको सरकार सुकुम्वासीलाई यो कठ्याङग्रीदो जाडोमा घरबार बिहिन बनाउन उद्धत रहेको बताउनु भयो ।

 

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुववन मथौलको शान्तिटोलका सुकुम्वासी नागरिकसंगको छलफलको क्रममा उहाँले यस्तो बताउनु भएको हो । 


शान्ति टोलका नागरिकले खनजोत गरेको जमिनमा जिल्ला बन कार्यालय पर्साले तारवार गरि बृक्षारोपण गरिरहेको छ । बनको कामले स्थानीयमा आफू बेघरवार हुने चिन्ता छाएको छ । त्यही चिन्तामा परेका नागरिकसंग संबिधान सभाका सदस्य गुप्ताले छलफल गरेर सुकुम्वासी नागरिकलाई बसोवास र अन्नवाली उब्जनी हुने जमिन नखोस्न  संम्बन्धित निकायसंग आग्रह गर्नु भयो । 


उहाँले बनको जमिनको संरक्षण पनि हुने र सुकुम्वासी जनताको हितमा पनि काम हुने गरि निष्कर्ष निकाल्न स्थानीय नागरिक र जिल्ला बन कार्यालयसंग आग्ह गर्नु भयो । 


स्थानीय जनताको तर्फबाट राजकुमार घिमिरे  र राजु तमाङले बसोवास नभत्काउन र अन्नवाली उत्पादन गर्न दिन माँग गरेका थिए । ०४२ साल देखी बसोबास गरेको करिब १ सय ५० घर परिवार सुकुम्वासीले त आफूले खनजोत गरेको जमिनको पूर्जा आफनो नाममा गरिदिन सरकारसंग माँग गरेका छन । जहिले पनि आशु बगाएर बस्नु पने अवस्था आयो घिमिरेले भने यो देशका नागरिक हौ हामीले मात्र जमिन नपाउने भन्ने छ र भन्दै प्रश्न गरे । 


छलपलमा जिल्ला बन कार्यालयका अधिकृत रेयाज अन्सारी लगायतको टोलीको सहभागिता रहेको थियो । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, सवत यादव,बासुदेव महतो थारु लगायतको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.