राजधानी र प्रदेशको नामबारे प्रदेश सभामा छलफलमा भाग लिदै सतारुढ जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले बीरगंजलाई राजधानी बनाउन माँग गरेकी छिन ।
उनले बीरगंजलाई राजधानी नवनाए प्रदेशबाट अलग हुने चेतावनी पनि दिएकी छिन ।साँसद बेगमले आईतवार प्रदेशसभा बैठकमा वीरगञ्जलाई राजधानी नबनाए प्रदेशबाटै अलग हुने धम्की दिएकी हुन। उनले भनिन् “ प्रदेश २ को राजधानी वीरगञ्जलाई नबनाए परिणाम के हुन्छ मलाई पनि थाहा छैन” ।
जनकपुरधामलाई प्रदेश २ को राजधानी तोक्न प्रमुख सत्तारुढ दल जसपा तयार छ । तर बेगम पार्र्टीको निर्णयको खिलाफमा छिन ।
वीरगन्जलाई राजधानी नबनाए त्यहाँका बासिन्दा प्रदेश ३ मा जाने भनिरहको पनि उने प्रदेश सभालाई जानकारी गराईन । उनले प्रदेशको नाम भने “मधेश” राख्नु पर्ने बताइउन ।
मध्य तराईका केही प्रदेश सभा सदस्यहरु बीरगंजलाई राजधानी बनाउनल लविङ गरिरहेका छन । बीरगंजमा भने दिनहु जसो राजधानीका बिषयमा प्रर्दशनहरु भइरहेका छन ।
तपाईको प्रतिक्रिया