logo

प्रदेशको नाम र राजधानी घोषणा सगै मध्य तराईमा आक्रोश, बीरगंजमा मुख्यमंत्रीको पुतला जलाइयो

 इसीमाना सम्वाददाता     २०७८ माघ ३ गते ०९: २७ मा प्रकाशित     396   पटक पढिएको


प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी दुई तिहाई मतले टुङ्गो लाग्दै  गर्दा  मुख्यमंत्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुबै हातले टेवुल ठोकेर जय मधेशको नारा लगाउदै खुशी ब्यक्त गरेका थिए ।

 

तर दुबै नेताको गृह नगरका नागरिकमा चरम निराशा देखिएको छ ।  समाजिक संजालका भित्ताहरुका मधेश बेचुवा, मधेशका गद्धार जस्ता शब्दहरु दुबै नेताको नाममा बिशेषणका रुपमा जोडिएको छ । 


बीरगंजमा केही दिन देखी मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन भन्ने नारा निरन्तर लाग्दै आइरहेको छ । सामाजिक संजालमा बारा ,पर्सालाई बाग्मती प्रदेशमा मिलाउन पर्ने जस्ता कुराहरु पनि लेख्न थालिएको छ । घोषणा लगत्तै बीरगंजका युवाहरुले मुख्यमंत्री बिरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेका छन । 

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा मुख्यमन्त्री लालबाबु मुर्दाबाद मुख्यन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन लगायत नारा लगाउँदै उनको पुत्ला दहन गरेका हुन।


पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव पनि भएको थियो ।

बीरगंजबाट निर्वाचन जितेका राउत बीरगंजलाई राधानी बनाउनको साटो जनकपुरलाई राजधानी बनाउन लागि परेको भन्दै युवाहरु आक्रोशित भएका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.