logo

मुख्यमंत्री निवासका सिसा तोडफोड गर्ने युवक पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ माघ ४ गते ०६: ५३ मा प्रकाशित     449   पटक पढिएको

मुख्यमंत्री लालबाबु राउत गद्धीको बीरगंज स्थित निवासमा रहेको घरमा ढुङ्गा हानी सिसा तोडफोड गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

 वडा प्रहरी कार्यालय बिर्ताको टोलीले बीरगंज महानगरपालिका वडा १ का २६ वर्षिय सुमन पटेललाई फत्राउ गरेको हो । उनी बिरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो । 

प्रदेशको राजधानी जनकपुर बनेपछि त्यसको बिरोधमा मंगलवार नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको र्‍यालीमा सहभागि भएका पटेलले  ढुङ्गा प्रहार गरेपछि राउतको घरको  सिसा फुटेको प्रहरीले जनाएको छ ।


नेपाली कांग्रेसका नगर सभापति भोला कलवारले भने  केही उच्छृंखल व्यक्तिले पार्टीलाई बदनाम गराउने उद्देश्यले यस्तो गरेको प्रतिक्रिया दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.