logo

जसपा प्रदेश कमिटी बोल्यो ,यादवनै आधिकारीक , अन्सारीको समिति अवैध

 इसीमाना सम्वाददाता     २०७८ माघ ९ गते १०: ३३ मा प्रकाशित     1352   पटक पढिएको

जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।

 

मधेश प्रदेश कमिटीको यो धारणा सार्वजनीक भएसंगै जनता समाजवादी पार्टीको नाममा बनेको नयाँ समिति अवैध रहेको पुष्टि भएको छ ।

 

पार्टीका मुख्य सचिव दीनेश यादवले एक बिज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी बन्नु भन्दा पहिला रहेको दुबै पार्टीका  समिति नै आधिकारिक रहेको जनाएका छन । 


पार्टीको मेधश प्रदेश कमिटीले पर्सा जिल्लामा पार्टीको जिल्ला कमिटी बनेको बिषयमा बिभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको समेत बिज्ञप्तिमा उल्लेख छ ।

 

बिज्ञप्तिमा जिल्ला पार्टी एकता पछि समायोजनको काम बाँकी रहेको र त्यो घोषणाको जिम्मेवारी प्रदेश समितिमा निहित रहेको उल्लेख छ ।

समायोजनको काम प्रदेशले गर्ने भन्दै बिज्ञप्तिमा पर्सामा पार्टी समायोजनको काम छलफलको चरणमा रहेको भन्दै प्रदेश सभा सदस्य मन्जुर अन्सारीको नेतृत्वमा बनेको समितिलाई अबैध भएको ठहर गरेको हो । 


प्रदेशको कमिटीको यो बिज्ञप्तिसंगै पार्टी भित्र मौलाउन खाजेको अराजक संस्कृतिलाई अंशुक लगाउने काम भएको पार्टीका जिल्ला सचिव तवरेज अहमदले बताए ।

 

पार्टी प्रति निष्ठा भएका थोरै मान्छे रहनु ,पार्टी बिधि पद्धती र सैद्धान्तिक मूल्य मान्यताको जगमा संचालन हुनु पर्ने कुरा जसपाको यो प्रकरणले पनि देखाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.