‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ जनमत पार्टीले गरेको प्रर्दशन हिंसात्मक हुदै गएको छ ।
राष्ट्रीय सभाको निर्वाचनमा मतदान गर्न गएका मतदाता चढेका सरकारी मोटर तोफोड गरेका प्रर्दशनकारीले चिकित्सक चढेको मोटर मात्र तोफोड गरेका छैनन चिकित्सकलाई समेत कुटेका छन ।
महोत्तरी जिल्लाको जलेश्वरमा रहेको अस्पतालका निमित्त मेकिडल सुपरिटेण्डेन्ट डा. सतिस साह बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमणमा परि घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ ।
मेसु साह प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको हो ।
तपाईको प्रतिक्रिया