logo

बीरगंजमा कोरोना भाइरस परिक्षणकालागि प्रयोगशाला निर्माण गर्न राजपाको माँग

      4/5/2020 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

बीरगंज २३ चैत ।
राजपाका बीरगंज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले आइतवार एक बिज्ञप्ति जारी गरि मेडिकल हवको रुपमा रहेको बीरगंजमा पनि कोरोना भाइरसको परिक्षण गर्न सकिने सुविधा सम्पन्न प्रयोगशाला निर्माणको माँग गर्नु भएको छ ।

 

 उहाँले स्वास्थयकर्मीहरुकोलागि आवश्यक गुणात्मक सुरक्षा सामग्री पनि बेलैमा उपलब्ध गराउन माँग गर्नु भएको छ । 
उहाँले दैनीक ज्यालादारीमा जीवन उापन चलाईरहेका श्रमजीवी तप्कालागि उचित राहत बितरणकालागि समेत सम्बन्धीत निकाय समक्ष माँग गर्नु भएको छ । 


यो संकटको बेलामा एकले अर्कालाई सहयोगी भावनाले सघाउन र कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न लकडाउनलाई पालना गर्न बिज्ञप्ति मार्फत समेत आग्रह गर्नु भएको छ । 

 


यसअघि  वीरगञ्जमा कोरोना भाइरसको नमुना परीक्षणको ब्यवस्था गर्न चिकित्सकहरुले माग गरेका थिए ।संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडानपछि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण सुरु भएको छ । 

 

प्रदेशको आधाभन्दा बढी जिल्लाका बिरामी उपचार गराउने वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण मेशिन जडान सबैलाई सजिलो हुने भन्दै चिकित्सकहरुले समेत प्रयोगशाला निर्माणको माँग गरेका हुन ।

नारायणी अस्पताल प्रदेश २ को बारा पर्सा रौतहटका नागरिकले प्रत्यक्ष सेवा लिने अस्पताल हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.