पेट्रोलियम पर्दाथमा गरिएको मूल्यबृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माँग गर्दै बीरगंजमा राँके जुलुश निकालिएको छ । नेकपा एमालेको जनसंगठन अखिल नेपाल पिछडावर्ग महासंघले बीरगंजमा राँके जुलुश निकालेका हो ।
पेट्रोलको मूल्य सबैभन्दा बढी आकासिएको छ । सरकारले ८४ रुपैयामा खरिद गरेको पेट्रोल १ सय ४२ रुपैया प्रति लिटर बेच्दा समेत घाटा खाएको बताउदै आएको छ ।
महासंघले भौतीक पूर्वाधारमंत्री रेणु यादवलाई कारवाही गर्न पनि माँग गरेको छ । मंत्री यादवले रौतहटको गौरमा पुगेर गौरनरसंहारको पूनरावृति गर्ने चेतावनी दिएकी थिइन ।
उनले यस्तो चेतावनी जनमत पार्टीको किसान आन्दोलनको सन्दर्भमा र त्यसका नेता डा.सी.के राउतको सन्दर्भमा दिएकी थिइन ।
राँके जुलुशले शहरको बिभिन्न भागको परिक्रमा गरि। घण्टाघरमा पुगेर कोण सभा सम्पन्न भएको थियो । कोण सभामा एमालेका नेता तथा महासंघ पर्साका अध्यक्ष अकलेश साह लगायतले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया