logo

लकडाउनको अवधी थपिन सक्ने,मंत्रीपरिषद बैठक २ बजे हुदै

      4/5/2020 गते 00 00 मा प्रकाशित     1173   पटक पढिएको

काठमाडौं २४ चैत ।  दुई सातादेखि जारी लकडाउन थप गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक दुई घण्टा अगाडि सारिएको छ । बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद् बैठक अगाडि नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्ने छ ।

सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।

कोरोना महामारीको संक्रमण स्थानीय व्यक्तिमा पनि सरेपछि थप सजगता अपनाउन शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको थियो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.