logo

प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

      4/6/2020 गते 00 00 मा प्रकाशित     907   पटक पढिएको

जनकपुरधाम २४ चैत  । 

प्रदेश नं.२को सरकारले कोरोना महामारी नियन्त्रण , रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ ।


नेपाली काँग्रेसका प्रदेश नं. २ का सबै जिल्ला कार्यसमितिको तर्फ बाट यो सहययोग रकम उपलब्ध गराइएको हो ।  नेपाली काँग्रेस बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण आज हस्तान्तरण गरेको हो । 


चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश नं. २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसीया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव सहितको उपस्थिति रहेको थियो ।

यसैगरि लक्ष्मी बैंकले दस लाख रुपैया सहयोग गरेको छ ।


बैंकका जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । 


प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.