नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले फागुन १५ गते देखी घर दैलो अभियान संचालन गर्ने भएको छ ।
बीरगन्ज महानगर कमिटीको बिहिवार बसेको पुर्ण बैठकले फागुन ७ गते देखी १४ गते सम्म हरेक वार्डमा पार्टी संगठन बैठक र जनसंगठन हरुका कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले लोसपाका नेता राजेश मान सिंह सहित ठुलो संख्यामा हुने बृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय भएको महानगर कमिटीका सचिव सुन्दर कुर्मीले जानकारी दिनु भएको छ ।
बैठक मा उपाध्यक्ष महेश दासले अगामी कार्य योजना बारे प्रकाश पार्नु भएको थियो । अध्यक्ष राजेन्द्र प्रसाद यादव को अध्यक्षता मा भएको बैठकमा जिल्ला इन्चार्ज प्रभु हजरा , केन्द्रीय सदस्य निर्मला देवकोटा,राज कुमार गुप्ता, जिल्ला उपाध्यक्ष डा.विश्वम्भर कुमार शर्मा , विना शर्मा लगायत ले पार्टी पंक्तिलाई स्थानीय चुनावमा उर्जाका साथ परिचालन गर्न निर्देशन दिनु भएको थियो ।
तपाईको प्रतिक्रिया