logo

अध्यक्ष ओली चैत ६ मा बीरगंज आउने तयारीकालागि सिंगो एमाले परिचालीत

 इसीमाना सम्वाददाता     २०७८ फागुन १२ गते ०५: ४१ मा प्रकाशित     825   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली चैतको ६ गते बीरगंज आउने पक्का भएको छ । अध्यक्ष ओली निवास बालकोटमा नेकपा एमालेका पर्साका नेताहरुकोसंगको छलफल पछि पार्टी अध्यक्ष बीरगंज आउने तिथि तय भएको हो ।

 

यस भन्दा अघि फाल्गुण १४ गते २६ गते बीरगंज आउने बिषयमा चर्चा परिचर्चा चलेपनि अध्यक्ष ओली अव चैतको ६ गते बीरगंज आउने कुरा तय भएको नेकपा एमाले पर्साका अध्यक्ष एवं इन्चार्ज प्रभू हजराले जानकारी दिनु भयो ।

 


६ गते सीमरा बिमान स्थलमा पार्टी अध्यक्षे ओलीको अवतरणसंगै बीरगंजको यात्रा शुरु हुनेछ । नेकपा एमाललेले आफना अध्यक्षलाई सैयौं मोटर स हजारौ मोटरसाइकलले स्कटिर्ङ गरेर बीरगंज ल्याउने तयारी गरेको छ । बीरगंजको बि.पी.उद्यानको लालबंगलामा आयोजना हुने खुला सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सोही कार्यक्रममा लोसपमाबाट अलग भएका मधेश आन्दोलनका एक जना कमाण्डर राजेमान सिंहको नेतृत्वमा सैयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने छन । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको बीरगंजमा के.पी.आली नै आन्दोलनको निशानमा हुनुहुनथ्यो । पछिल्लो मधेश आन्दोलनको पाँच वर्ष पछि मधेशमा नेकपा एमालेका अध्यक्ष के.पी.ओली प्रतिको बिकर्षण समाप्त भई आकर्षण बढ्दो छ ।

 

राजनीतिमा अडानयुक्त नेताको छवी बनेको छ र मधेशका जनताले त्यसलाई मन पराउदै नेकपा एमालेसंग जोडिने प्रक्रिया शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको बीरगंज आगमनले एमालेजनमा उत्साह संचार गर्ने र पर्सालाई एमालेमय बनाउने अभियानमा उर्जा मिल्ने बिश्वास जागृत हुने एमाले जनमा बिश्वास छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.