logo

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन, महानगरमा घम्साघम्सी

 इसीमाना सम्वाददाता     २०७८ फागुन १३ गते ०७: ०५ मा प्रकाशित     615   पटक पढिएको

नेपाली कांग्रेस बीरगन्ज महानगरपालिकाको नेतृत्वका लागि सभापती पदमा ३ जनाको उम्मेदावरी परेको छ ।

 

महानगरको नेतृत्वको लागि नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले पनि उम्मेदवारी दिनु भएको छ । सभापतिका अन्य उम्मेदवारमा राधेश्याम चौरसिया र मणिन्द्रलाल नेपाली रहेका छन ।

 

त्यसै गरी महानगरको दुई उप सभापतीको लागि विजय सिंह,सरजुग महतो, विरभुषण पटेल र संतोष गुप्ता गरी ४ जनाको उम्मेदावरी परेको छ । त्यसैगरी दुई सचिव पदको लागि धिरज कुमार गुप्ता,श्याम कुमार प्रसाद कुर्मी, संजय श्रीवास्तव र शिवचन्द्र यादव गरी ४ जनाको उम्मेदावारी परेको छ । त्यस्तै सह–सचिवको लागि सजाद हुसेन,सम्मसाद अली अंसारी र जयइन्द्र कुर्मी गरी ४ जनाको नै उम्मेदवारी परेको छ ।

 

सभापती बाहेक सबै पदमा देउवा र कोईराला पक्ष टिम बनाएर उम्मेदवारी दिएका छन् । महानगरको नेतृत्वको लागि भोली बिहान ९ बजे निर्वाचन हुने तथा ५ सय २६ जना भन्दा बढी प्रतिनिधिहरुले निर्वाचनमा भाग लिने नेपाली कांग्रेस पर्साले जनाएको छ ।

 

यसैबिच नेपाली कांग्रेस ठोरीको सभापतिका लागि सन्तोष श्रेष्ठ र रामकृष्ण पन्तले उम्मेदवारी दिनु भएको छ । यदपि सहमतिको प्रयास पनि भईरहेको स्रोतको दावी रहेको छ । भोलि हुने कांग्रेस ठोरीको अधिबेशनका लागि आज बिहान ११ बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएकोमा पन्तको प्यानल र श्रेष्ठको प्यानलले आज उम्मेदवारी दर्ता गरेको हो ।

 

गाउँपालिका समितिको ३२ जनाको कार्यसमिति मध्ये सन्तोष श्रेष्ठको प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ भने रामकृष्ण पन्तको प्यानलले सम्पुर्ण पदाधिकारी सहित १९ वटा पदमा मात्र उम्मेदवारी दिएको छ । गाउँ अधिबेशन फागुन १४ गते ठोरी ४ निर्मलबस्तीमा विहान ८ बजे देखि मतदान हुने नेपाली कांग्रेस ठोरीले जानकारी दिएको छ । जम्मा ८० जना क्षेत्रिय प्रतिनिधीहरुले मतदानमा भाग लिने नेपाली काग्रेस ठोरीले जनाएको छ ।

 

यता पटेर्वा सुगौलीमा नेपाली कांग्रेसको पालिका सभापतिमा बिव चौधरी चयन भएका छन । बिन्दवासीनी गाउँपालिकाको सभापतिमा युवा नेता बिबेक चौरसिया चयन भएका छन । बहुदरमाई र पर्सागढीमा सभापति सहित अन्यपदाधिकारी छनौटका लागि चुनाव हुने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.