logo

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन, महानगरमा घम्साघम्सी

 इसीमाना सम्वाददाता     २०७८ फागुन १३ गते ०७: ०५ मा प्रकाशित     561   पटक पढिएको

नेपाली कांग्रेस बीरगन्ज महानगरपालिकाको नेतृत्वका लागि सभापती पदमा ३ जनाको उम्मेदावरी परेको छ ।

 

महानगरको नेतृत्वको लागि नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले पनि उम्मेदवारी दिनु भएको छ । सभापतिका अन्य उम्मेदवारमा राधेश्याम चौरसिया र मणिन्द्रलाल नेपाली रहेका छन ।

 

त्यसै गरी महानगरको दुई उप सभापतीको लागि विजय सिंह,सरजुग महतो, विरभुषण पटेल र संतोष गुप्ता गरी ४ जनाको उम्मेदावरी परेको छ । त्यसैगरी दुई सचिव पदको लागि धिरज कुमार गुप्ता,श्याम कुमार प्रसाद कुर्मी, संजय श्रीवास्तव र शिवचन्द्र यादव गरी ४ जनाको उम्मेदावारी परेको छ । त्यस्तै सह–सचिवको लागि सजाद हुसेन,सम्मसाद अली अंसारी र जयइन्द्र कुर्मी गरी ४ जनाको नै उम्मेदवारी परेको छ ।

 

सभापती बाहेक सबै पदमा देउवा र कोईराला पक्ष टिम बनाएर उम्मेदवारी दिएका छन् । महानगरको नेतृत्वको लागि भोली बिहान ९ बजे निर्वाचन हुने तथा ५ सय २६ जना भन्दा बढी प्रतिनिधिहरुले निर्वाचनमा भाग लिने नेपाली कांग्रेस पर्साले जनाएको छ ।

 

यसैबिच नेपाली कांग्रेस ठोरीको सभापतिका लागि सन्तोष श्रेष्ठ र रामकृष्ण पन्तले उम्मेदवारी दिनु भएको छ । यदपि सहमतिको प्रयास पनि भईरहेको स्रोतको दावी रहेको छ । भोलि हुने कांग्रेस ठोरीको अधिबेशनका लागि आज बिहान ११ बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएकोमा पन्तको प्यानल र श्रेष्ठको प्यानलले आज उम्मेदवारी दर्ता गरेको हो ।

 

गाउँपालिका समितिको ३२ जनाको कार्यसमिति मध्ये सन्तोष श्रेष्ठको प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ भने रामकृष्ण पन्तको प्यानलले सम्पुर्ण पदाधिकारी सहित १९ वटा पदमा मात्र उम्मेदवारी दिएको छ । गाउँ अधिबेशन फागुन १४ गते ठोरी ४ निर्मलबस्तीमा विहान ८ बजे देखि मतदान हुने नेपाली कांग्रेस ठोरीले जानकारी दिएको छ । जम्मा ८० जना क्षेत्रिय प्रतिनिधीहरुले मतदानमा भाग लिने नेपाली काग्रेस ठोरीले जनाएको छ ।

 

यता पटेर्वा सुगौलीमा नेपाली कांग्रेसको पालिका सभापतिमा बिव चौधरी चयन भएका छन । बिन्दवासीनी गाउँपालिकाको सभापतिमा युवा नेता बिबेक चौरसिया चयन भएका छन । बहुदरमाई र पर्सागढीमा सभापति सहित अन्यपदाधिकारी छनौटका लागि चुनाव हुने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.