logo

चैत ८ मा एमाले अध्यक्ष ओली बीरगंज आउदै ,मधेश आन्दोलनका हस्तीहरु एमालेमा प्रवेश गर्ने

 इसीमाना सम्वाददाता     २०७८ फागुन २४ गते ०८: ४५ मा प्रकाशित     543   पटक पढिएको

मधेश आन्दोलनको इपिसेन्टर बीरगंजमा एमाले अध्यक्ष के.पी.ओलीले चैत ८ गते बिशाल सभालाई सम्बोधन गर्ने पक्का भएको छ । नेकपा एमालेको बीरगंज महानगर कमिटीको आज सम्पन्न बैठकमा यस्तो जानकारी दिइएको हो ।

नेकपा एमाले बीरगन्ज महानगर कमिटीको आयोजनामा हुने सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के. पी .ओली चैत्र ८ गते बीरगन्ज आउने तय भएको उपाध्यक्ष महेश दासले जानकारी दिनु भयो । लोसपाका नेता राजेश मान सिंह , निर्वाचित वार्ड अध्यक्षहरु सहित लोसपा, जसपा, माओवादी, र काग्रेस परित्याग गरी करीव ५ हजार व्यक्ति नेकपा एमालेमा प्रवेश गर्ने दासले जानकारी दिनु भयो ।

 

चैत्र ८ गते घण्टाघरको वि. पी.उद्यानमा बृहत् पार्टी प्रवेश कार्यक्रम हुने त्यस अधघ सिमराबाट बीरगन्ज सम्म मोटर साइकल ¥र्याली हुने तयारी भैरहेको सचिव सुन्दर कुर्मीले जानकारी दिनु भयो । सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारीको लागि महानगर कमिटीको बैठक मंगलबार सम्पन्न भएको हो ।

 

बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राज कुमार गुप्ता, अरवीन्द सिंह प्रदेश कमिटी सदस्यहरु डा. विशम्भर शर्मा, बिचारी यादव, वसरुदिन अन्सारी, नवराज शर्मा, विणा शर्मा , शम्भु गुप्ता, उसमान अन्सारीले चैत्र ८ गते जनसहभागिता व्यपक बनाउन जोड दिएका थिए ।

बैठकले चैत्र ९ गते को तयारी को लागि विभिन्न ९ वटा समितिहरु गठन गरीएको उप सचिव अनवर अलीले बताउनु भयो । बैठक महानगरका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.