logo

बुद्धिजीवी परिषदको नवौं जिल्ला अधिवेशन सम्पन्न ,गुप्ता सर्वसम्मत रुपमा अध्यक्षमा चयन

 इसीमाना सम्वाददाता     २०७८ फागुन २४ गते ०९: ०० मा प्रकाशित     740   पटक पढिएको

नेपाल बुद्धिजीवी परिषद् पर्साको अध्यक्षमा शम्भू गुप्ता चयन हुनु भएको छ । परिषदको मंगलवार बीरगंजमा सम्पन्न नवौं जिल्ला अधिवेशनले गुप्तालाई सर्वसम्मत रुपमा अधयक्षमा चयन गरेको हो । परिषदको , उपध्यक्षमा अधिवक्ता हरेराम सरार्फ , सचिवमा रुदल ठाकुर , कोषाध्यक्षमा सुष्मा शार्मा र सदस्यहरु कोपिला चौलागाई , आशमोहनी चौधरी बिक्रम आले , श्याम गुप्ता पूनम पासवान, लगायत रहेका छन । समिति १५ सदस्यीय रहेको छ ।

 

बीरगंज १५को नयाँबसपार्कको अनमोल पार्टी प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन परिषद्का प्रदेश इन्चार्ज डा.कामानन्द देवले गर्नु भएको थियो ।

डा. देवलेबुद्धिजीवीहरुले समाजलाई सही दिशा दिनुपर्ने बताउनु भयो । उहाँले एमाले नजीक परिषद् रहेको र यसले एमालेका गतिविधि सम्बन्धमा निगरानी गरेर सही सुझाव दिनुपर्ने बताउनु भयो ।


नेकपा एमाले, पर्साका इन्चार्ज प्रभु हजराले बुद्धिजीवी परिषद्लाई पार्टीले चलायमान गर्न नसकेको बताउनु भयो । उहाँले गठन हुने र अधिवेशन गर्ने कामबाहेक अन्य बेलामा बुद्धिजीवी परिषद्को सक्रियता नदेखिएको बताउनु भयो । उहाँले पार्टीका सम्पूर्ण गतिविधिबारे सही टीकाटिप्पणी गरेर दिशानिर्देश गर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।


एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले विचार प्रवाह गर्नेभन्दा पनि भीडलाई प्रोत्साहित गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले पार्टीप्रति लगनशील व्यक्तिहरुभन्दा भीड देखाउने र अनुशासनमा नरहने अवसरवादहरुको खोजी हुँदा पार्टीभित्रका असल व्यक्तिहरुको चित्त दुखाइ बढ्दै गएको बताउनु भयो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य शत्रुघ्न नेपालले बुद्धिजीवीहरु दलीय सोचबाट ग्रसित भएकोले समाजले सही दिशा पाउन नसकेको बताउनु भयो ।

 

उहाँले विभिन्नखाले गतिविधिमा बुद्धिजीवीहरुको सही टीका टिप्पणी नहुँदा आम मानिसहरुबीच मतमतान्तर बढेको र त्यसको ज्वलन्त उदाहरण एमसिसीमा देखापरेको बताए ।
परिषदको , उपध्यक्षमा हरेराम सरार्फ , सचिवमा रुदल ठाकुर , कोषाध्यक्षमा सुष्मा शार्मा र सदस्यहरु कोपिला चौलागाई , आशकोहनी चौधरी लगायतका ७ जना सदस्यमा चयन भएको छन्


परिषद्का अध्यक्ष अफजल हुसेन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा बलिराम सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हरेराम सर्राफले स्वागत र के.सी .लामिछानेले सहजीकरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.