logo

बीरगंज महानगरका दुई वडाध्यक्ष सहित नेता कार्यकर्ता एमालेमा प्रवेश

 इसीमाना सम्वाददाता     २०७८ चैत ७ गते १२: २६ मा प्रकाशित     740   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाको वडा नं २५ का वडाध्यक्ष विश्वराज कुर्मी र २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी नेकपा एमालेमा प्रवेश गरेका छन । दुबै जना जसपाबाट निर्वाचित वडाध्यक्ष हुन ।

 

यसैगरी जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य अजय साह,पर्सा जिल्ला समन्वय समितीका सदस्य आमोद यादवसहित विभिन्न वडाका जनप्रतिनिधीहरु एमालेमा प्रवेश गरेका छन् ।


प्रवेश गर्ने जनप्रतिनिधिहरुमा तुफयल अन्सारी ,राम बिनय राउत,प्रमोद साह कानु, आत्मराम साह,जितेन्द्र कुर्मी ,रियाज मन्सुर,लगायत रहेका छन ।  नेपाली कांग्रेसका नेता प्रमोद साह माओवादीका मुस्ताफा अन्सारी पनि एमाले प्रवेश गरेका छन । 


दुईसाता अघि मात्र एमाले प्रवेश गर्नुभएका वीरगञ्ज महानगरका मेयर विजय सरावगीको उपस्थितिमा अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्नुभएको हो । अध्यक्ष ओलीले नव प्रवेशरलाई विना कुनै भेदभाव एमालेमा जिम्मेवारी दिने बताउनुभएको छ ।


स्थानीय तहको निर्वाचन जति नजिकिदैं छ उति एमाले प्रवेशको लहर बढी रहेको छ । कोही दिन मेयर त कोही दिन उपमेयर,कोही दिन वडाअध्यक्षहरु अन्य पार्टी छोडेर एमालेमा प्रवेश गर्ने लहर थप तिव्र बनेको छ ।


कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष एवं यन्चार्ज प्रभु हजरा, सह इन्चार्ज निर्मला देवकोटा,बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी, नेकपा एमालेका नेताहरु बिचारी यादव ,प्रदुम्न चौहान,डा.बिश्वम्भर शर्मा, मनोज गुप्ता, जालिम मिया लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.