logo

बीरगंज महानगरका दुई वडाध्यक्ष सहित नेता कार्यकर्ता एमालेमा प्रवेश

 इसीमाना सम्वाददाता     २०७८ चैत ७ गते १२: २६ मा प्रकाशित     570   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाको वडा नं २५ का वडाध्यक्ष विश्वराज कुर्मी र २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी नेकपा एमालेमा प्रवेश गरेका छन । दुबै जना जसपाबाट निर्वाचित वडाध्यक्ष हुन ।

 

यसैगरी जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य अजय साह,पर्सा जिल्ला समन्वय समितीका सदस्य आमोद यादवसहित विभिन्न वडाका जनप्रतिनिधीहरु एमालेमा प्रवेश गरेका छन् ।


प्रवेश गर्ने जनप्रतिनिधिहरुमा तुफयल अन्सारी ,राम बिनय राउत,प्रमोद साह कानु, आत्मराम साह,जितेन्द्र कुर्मी ,रियाज मन्सुर,लगायत रहेका छन ।  नेपाली कांग्रेसका नेता प्रमोद साह माओवादीका मुस्ताफा अन्सारी पनि एमाले प्रवेश गरेका छन । 


दुईसाता अघि मात्र एमाले प्रवेश गर्नुभएका वीरगञ्ज महानगरका मेयर विजय सरावगीको उपस्थितिमा अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्नुभएको हो । अध्यक्ष ओलीले नव प्रवेशरलाई विना कुनै भेदभाव एमालेमा जिम्मेवारी दिने बताउनुभएको छ ।


स्थानीय तहको निर्वाचन जति नजिकिदैं छ उति एमाले प्रवेशको लहर बढी रहेको छ । कोही दिन मेयर त कोही दिन उपमेयर,कोही दिन वडाअध्यक्षहरु अन्य पार्टी छोडेर एमालेमा प्रवेश गर्ने लहर थप तिव्र बनेको छ ।


कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष एवं यन्चार्ज प्रभु हजरा, सह इन्चार्ज निर्मला देवकोटा,बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी, नेकपा एमालेका नेताहरु बिचारी यादव ,प्रदुम्न चौहान,डा.बिश्वम्भर शर्मा, मनोज गुप्ता, जालिम मिया लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.