logo

रौतहटका सीडिओ र एसपीको पक्षपाती ब्यवहार बिरुद्ध एमाले सडकमा,हर्साह दुर्घटनाको छानविनको माँग

 इसीमाना सम्बाददाता     २०७८ चैत ८ गते ०८: ०९ मा प्रकाशित     538   पटक पढिएको

स्थानीय प्रशासनका बिरुद्ध रौतहटमा नेकपा एमालले बिशाल प्रर्दशन गरेको छ । स्थानीय प्रशासनले पूर्वाग्रही भएर राज्यसंयन्त्रको दुरुपयोग गर्दै निर्दोष मान्छेलाई फसाउन षडयन्त्र गरेको भन्दै त्यसको बिरुद्ध एमालेले प्रर्दशन गरेको हो ।

एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा. १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअप गौर(चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुईजनाको मृत्यु र दुई जना घाइते भएका थिए । घटनास्थलमा समातिएका चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको एमाले दाबी छ ।

 

सिसिटीभी फुटेज र भिडिओ क्लिपहरू प्रमाणको रुपमा हुँदा समेत सरकारी षड्यन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाडेर निर्दोषलाई फसाउन खोजिएकाले सीडीओ र एसपीलाई बर्खास्त गर्न माग गरिएको एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उपेन्द्र साहले बताउनु भयो ।

 

दुर्घटनाको सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा लागेको चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उहाँको आरोप छ ।

 

पार्टी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए । एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो ।

 

सो क्रममा प्रदर्शनकारीहरुले “निर्दोषलाई फसाउन पाईदैन, पक्षपाती सरकाररप्रशासन चाहिदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरुलाई कारवाही गर, हर्षाहा सवारी दुर्घटनाको वास्तविक दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फँसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर” जस्ता नाराहरु लगाइएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.