logo

नेकपा एमालेले उम्मेदवार सिफारिश सम्बन्धी ६ बूंदे मापदण्ड तय गर्यो

 इसीमाना सम्वाददाता     २०७८ चैत १० गते ०४: २० मा प्रकाशित     488   पटक पढिएको

नेकपा एमालेले स्थानय तहको निर्वाचनकोलागि मापदण्ड तोकेको छ । सोही मापदण्ड अनुरुप चैत मसान्त भित्र आफना कमिटीबाट एक महिला पर्ने गरि तीन जनाको नाम सिफारिश गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

कस्ता छन मापदण्ड


१.पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता ।
२.निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन ।
३.लोकप्रियता र विजयको सुनिश्चितता ।
४.आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा ।
५.कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण ।
६. समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार तय गर्ने ।


आफनो कमिटीले उम्मेदवारको सिफारिश माथिल्लो कमिटीमा गर्ने र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने छ ।
वडा अध्यक्षको सिफारिस वडा कमिटीले र पालिका प्रमुख उपप्रमुखको सिफारिस पालिका कमिटी तथा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले गर्ने मापदण्ड तय भएको छ ।

 

त्यस्तै महानगर र उपमहानगरका प्रमुख उपप्रमुखको सिफारिस जिल्ला र प्रदेशले गरेपछि केन्द्रबाट निर्णय हुने बताइएको छ ।


एमालेले स्थानीय तहको निर्वाचनमा तालमेलको ढोका बन्द नभए पनि त्यो स्थानीय आवश्यकता अनुसार हुने तर राष्ट्रिय नीति नरहेको एमालेका प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.