logo

पटेर्वाका बिभिन्न स्थानमा एमालेको र्याली तथा घरदैलो सम्पन्न

 इसीमाना सम्बाददाता     २०७८ चैत १९ गते ०८: ०८ मा प्रकाशित     553   पटक पढिएको

नेकपा एमालेले पटेर्वा सुगौली गाउँपालिकाको बिभिन्न वडामा मोटरसाकइल र्याली तथा घरदैलो कार्यक्रम गरेको छ ।

 

पटेर्वा सुगौलीको वडा नं २ को बेल्वा रंगपुर वडा नं ३ को र १ को कञ्चनपुरमा पनि र्याली गरिएको हरिनारायण चौधरीले जानकारी दिनु भयो । सैयौको संख्यामा रहेका कार्यकर्ताहरुले एमालेको पक्षमा गगनभेदी नारा लगाउदै र्याली गरेका थिए ।


बेल्वा रंगपुर लगायतका गाउँमा एमालेको टोलीलाई स्थानीयले भब्य स्वागत गरेका थिए । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको पछिल्लो कार्यकाल पटेर्वा सुगौलीबासीकालागि सुखद रहेकोले एमालेको टोलीलाई स्थानीयले भब्य स्वगत गरिरहेका छन ।

 

चौधरीको पार्टी भन्दा माथि उठेर न्यायको पक्षमा काम गर्न सक्ने क्षमताका कारण उनी लोकप्रिय छन । पार्टीले चौधरीलाई नै पटेर्वा सुगौलीको अध्यक्षमा अघि सार्ने पक्का पक्की छ ।

 

पार्टीले त्यसमा निर्णय लिन मात्र बाँकी छ । त्यसैगरि उपाध्यक्षमा पार्टीले मन्तुरा चौधरीलाई अघि सार्ने भएको छ । शालीन भद्र र जनताको कामलाई प्रथामितामा राखेर काम गर्ने चौधरीलाई स्थानीय जनताले औधी माया गर्छन ।

 

प्रमुख र उपप्रमुखका सम्भावीत उम्मेदवारसंगै पटेर्वा सुगौलीका पाँचबटै वडाका अध्यक्ष र सदस्यका दावेदारहरुको सहभागितामा निस्किएको र्यालीले एमाले पंक्तिमा उत्साह संचार गरेको अध्यक्ष चौधरीको भनाई छ ।

 

जनताबाट न्यानो स्वागत पाएको बताउदै चौधरीले आफूहरु सदैव जनताको सेवामा सर्मपित रहेको बताउनु भयो । र्यालीमा एमालेका नेताहरु राजेश चौधरी ,नवशाद अन्सारी, बीरेन्द्र चौधरी , फरमान मिया अन्सारी सनी चौधरी र वडा नं ५ का वडाध्यक्ष मोतीलाल साह लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.