logo

मधेशीमाथिको बिभेद कायमै रहेकोले आन्दोलनपनि जारी छः अध्यक्ष ठाकुर

 इसीमाना सम्वाददाता     २०७८ चैत १९ गते ०८: ३६ मा प्रकाशित     548   पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलन अहिले पनि जारी रहेको बताउनु भएको छ । मधेशीमाथिको सामाजिक, कानुनी र आर्थिक विभेद् अहिले पनि जारी रहेको बताउदै आन्दोलन पनि जारी रहेको बताउनु भएको हो ।

पार्टीले बीरगंजमा आयोजना गरेको स्वभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधन नभएसम्म मधेस आन्दोलन निरन्तर चलिरहने बताउनु भयो ।


पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले एक दुई जना अवसरवादी र भगौडा नेताले मधेसी दल छाडेर जाँदैमा मधेसको मुद्दा र मधेसवाद समाप्त नहुने बताउनु भयो ।

 

मधेसले आंशिकरुपमा मात्रै आफ्नो अधिकार पाएको भन्दै नेता महतोले बाँकी अधिकार प्राप्तीका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुने दावी गर्नुभयो ।

 

महतोल झापादेखि कञ्चनपुर जिल्लासम्म २२ जिल्ला मधेस प्रदेश हुनुपर्ने माग आफूहरुको रहेको बताउदै २२ जिल्लाको मधेस प्रदेश भए प्रादेशिक राजधानी वीरगन्ज हुने आश्वासन दिनु भयो ।

 

अर्का नेता अनिल झाले लोकतानित्रक समाजवादी पार्टीमात्र वास्तविक रुपमा मधेशी जनताको आफनो पार्टी भएको बताउनु भयो । कार्यक्रममा लोसपा नेता सर्वेन्द्रनाथ शुक्ला लक्ष्मणलाल कर्ण, प्रहलाद गिरी ,रमेश पटेल शशीकपुर मिया लगायतका नेताहरुले पनि सम्बोधन गर्नु भएको थियो ।

 

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभाको संचालन पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफल गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.