बिभिन्न पार्टी परित्याग गरि पर्सामा पाँच हजार बढी मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई बीरगंजको बि.पी.उद्यानमा आयोजना गरिएको बृहत पाटर्टी प्रवेश एवं जनसभामा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।
जनता समाजवादी पार्टीबाट सखुवा प्रसौनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित फूमती देवी थारु, नेपाली कांग्रेस बाट बहुदर माई नगरपालिकामा उपप्रमुखमा बिजयी गायत्री देवी यादव, साविकको बिश्रमपुर गाविसका पूर्व अध्यक्ष राजदेव यादव, धोविनी गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा निर्वाचित पारस राउत कुर्मी , जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भदइ मिया, साविकको गादी गाविसका उपाध्यक्ष केशर बहादुरअ आले, हरिन्द्र चौहान ब, बीरगंज महानगरपालिकाको वडा नं २५ का वडाध्यक्ष बिशराज पटेल , युवा नेता रमेश पटेल,नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने ,जसपा पर्साका उपध्यक्ष मुस्तकिम अन्सारी,रामदेव राउत कुर्मी, जवाहिर साह अरविन्द पटेल देवीलाल साह सहित ५ हजार बढी एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका नेता बिचारी यादवले बताउनु भयो ।
तपाईको प्रतिक्रिया