logo

कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई एमाले पर्साको धन्यवाद

 इसीमाना सम्बाददाता      २०७८ चैत २२ गते १०: २३ मा प्रकाशित     431   पटक पढिएको

नेकपा एमाले पर्साले बृहत पार्टी प्रवेश तथा आम सभा सफल पानृ सहयोग पुर्याउने सबैलाई धन्वयाद दिएको छ । पार्टीका जिल्ला अध्यक्ष जयप्रकाश थारुले कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको निष्कर्ष पार्टीले निकाले बताउनु भएको छ ।

 

पार्टी अध्यक्षको सहभागिता र उहाँको महत्वपूर्ण सम्बाधनले नेकपा एमाले प्रति मधेशमा रहेको भ्रम समेत निवारण भएको अध्यक्ष थारुले बताउनु भयो । उहाँले समग्रमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको बताउदै कार्यक्रमलाई हरेक हिसावले सफल बनाउन क्रियाशिल सबैलाई धन्यवाद दिनु भयो ।

 

पार्टी केन्द्रका नेताहरु, प्रदेश कमिटी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु पार्टीका सबै जनसंगठनहरु, जनपरिचालन समिति, प्रचार समिति , मंच ब्यवस्थापन समिति सबै गाउँपालिका तथा महानगर नगर कमिटी , जनप्रतिनिधिहरु ,पार्टीका सदस्यहरु र आम जनसमुदाय प्रति उहाँले आभार प्रकट गर्नु भएको छ । त्यसैगरि प्रचार समितिका संयोजक बिचारी यादवले पनि सम्बद्ध सबै प्रति आभार प्रकट गर्नु भएको छ ।

 

उहाँले प्रचारको काममा दिनरात नभनी खट्ने सबै मंचको ब्यवस्थापनमा लाग्ने सबैलाई बिशेष धन्यवाद दिनु भएको छ । कार्यक्रमको तयारी र पार्टी अध्यक्षको सम्बोधन सम्मका सबै बिषयहरुलाई समाचारको माध्यमले देश बिदेश पुर्याउन भूमिका निर्वाह गर्नुहुने संचारकर्मीहरुलाई पनि संयोजक यादवले बिशेष धन्यवाद दिनु भएको छ । उहाँले पार्टीमा प्रवेश गर्नु भएका सबैलाई स्वागत सहित धन्यवाद ज्ञापन गनुृ भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.