logo

एमाले ठोरीले गर्यो उम्मेदवारको सिफारिश

 इसीमाना सम्वाददता     २०७८ चैत २५ गते ०८: २१ मा प्रकाशित     587   पटक पढिएको

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट ठोरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको नाम आज सिफारिस गरेको छ ।


एमाले ठोरीको गाउँपालिका अध्यक्षको उम्मेदवारमा लाल बहादुर श्रेष्ठ, गोबिन्द प्रताप श्रेष्ठ र रुपा पौडेललाई सिफारिस गरेको छ भने उपाध्यक्षमा गोकुली कुमारी रेग्मी, सानुमाया थिङ र खडग बहादुर श्रेष्ठलाई सिफारिस गरेको छ ।

 

ठोरीको राइधारामा बसेको एमाले ठोरी गाउँपालिका कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु सिफारिस गरेको एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनु भयो बैठकले गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र श्रेष्ठको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिती, केशव प्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय चुनावी घोषणापत्र समिति, अप्सरा स्याङ्तानको संयोजकत्वमा २१ सदस्यीय जन सांस्कृतिक मञ्च ठोरी र २५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको एमाले ठोरीले जनाएको छ ।


उक्त बैठकमा नेकपा माओबादी केन्द्र परित्याग गरि ७० जना नेकपा एमालेमा प्रवेश गरेको एमाले ठोरीका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गाउँपालिका कमिटी अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमाा जिल्ला समन्वय समितिका उप सभापति ठाकुर न्यौपाने नेताहरू लाल बहादुर श्रेष्ठ, गोकुली रेग्मी, राजेश लामा, याम बहादुर बस्नेत, केशव बिक, मिना गिरि, पार्वती सुवेदी, उद्धव सापकोटा, गोबिन्द प्रताप श्रेष्ठ, खडग श्रेष्ठ, गणेश बहादुर बोहोरा, देवजंग पण्डित, बाल कुमार बस्नेत लगायतको सहभागिता रहेको थियो । बैठकको संचालन गाउँपालिका कमिटीका सचिव जगेन्द्र पौडेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.