logo

पकाहा मैनपुरमा माओवादी रित्तियो, पालिका अध्यक्ष सहित नेपाली कांग्रेसमा प्रवेश

 इसीमाना सम्बाददाता     २०७८ चैत २५ गते ०८: ५९ मा प्रकाशित     674   पटक पढिएको

नेकपा माओवादी केन्द्रका नेता तथा पकाहा मेनपुर गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट गत निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नु भएका पालिकाका कमिटीका अध्यक्ष सुरेश मेहता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ सहित ३ सय बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

 

जनता समाजवादी पार्टी पकाहामैनपुर गाउँपालिका कमिटीकाका अध्यक्ष बिनोद मेहता माओवादी गाउँपालिका कमिटीका सचिव संजय चौहान, लतिक मिया साविक सुर्जाहा गा.बि.स.का पुर्व अध्यक्ष शिवनाथ महतो, पत्रकार बिन्दुभुषण साह लगायत पनि नेपाली कांग्रसमा प्रवेश गरेका छन ।


यसै गरि पोखरिया नगरपालिका वडा नं ६ श्रीसियाका वडाअध्य्क्ष सियानन्द प्रसाद चौहान पनि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्रीकृष्ण चौहानले बताउनु भयो ।


पकाहामैन्पुर गाउँपालिका समितिका अध्यक्ष हरि चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रबेशी सबैजनालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पुर्व केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरी, जिल्ला सभापति जनार्द्न सिंह क्षेत्री, मधेस प्रदेश खानेपानी मन्त्री ओमप्रकाश शर्मा लगायतका नेताले नेपाली कांग्रेसमा पार्टी प्रवेश गराई स्वागत गरेका थिए।


सो कार्यक्रममा उपसभापति रामनारायण कुर्मी , अशोक गुप्ता, सचिव दिनेश चौधरी, सहसचिव नवीन सिंह लगायत स्थानीय नेता कार्यकर्ता समेतको बाक्लो उपस्तिथि थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.