logo

वीरगंजको बिकासको लागि एमालेको बिकल्प छैनः महानगरप्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २ गते ०३: ०१ मा प्रकाशित     573   पटक पढिएको

वीरगंजको बिकाश गर्न एमालेको सरकार आवश्यक रहेको वीरगंजका मेयर बिजय सरावगीले बताउनु भएको छ । आज वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनी बिर्तामा आयोजित पार्टीको वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै मेयर सरावगीले वीरगंजको बिकासको लागि एमालेको बिकल्प नरहेको बताउनु भएको हो ।

 

बीरगंजको बिकासको सपनालाई साकार पार्न आफू एमालेमा प्रवेश गरेको बताउदै प्रमुख सरावगीले जसपा भित्र काम गर्ने वातावरण नभएको र कोभिड महामारीको बेला पनि आफूहरुलाई असफल पार्न खोजिएको स्मरण गर्नु भयो ।

 

कोभिडकालमा जनताको जीवनको रक्षा हाम्रो प्रमुख एजेण्डा थियो तर जसपाका नेताहरुले नै बिभिन्न ठाउमा अडंगा लगाईरहे ।


प्रमुख सरावगीले जसपाका नेताहरुमा छाडापन देखिएको बताउदै त्यसता व्यक्तिबाट वीरगंजको बिकासको कल्पना समेत गर्न नसकिने बताउनु भयो ।

 

उहाँले दैत्यरुपी नेताको जोडीले वीरगंजको बिकास गर्न नसक्ने ठोकुवा गर्दै वीरगंजको बिकाशको लागि देवतुल्य नेताको जरुरी रहेको बताउनु भयो ।

 

उहाँले साढे चार बर्षमा ३२ वटै वडामा थुप्रै काम भएको र बाँकी अधुरा काम पुरा गर्न पुनः मेयरमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।

 

उहाँले काम गर्न नसकेको वा नगरेको भनेर जनता निराश हुनु पर्ने अवस्था नरहेको बताउनु भयो ।सधै बाढी र कटानको समस्या बनेको भेडहा खोलामा बाँध निर्माणको लागि ४१ करोडको टेन्डर पास भईसकेको उहाँले बताउनु भयो । ३२ वटै वडामा उज्यालो वीरगंजको काम अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो ।

 

पार्टी वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० मा हुने निर्वाचनको लागि वडाबाट नाम सिफारिस गरि महानगर कमिटीलाई पठाएको छ ।

 


यसैवीच नेकपा एमाले वीरगंज वडा नम्बर १० को वडा कमिटीले वडा अध्यक्ष पदको लागि अजय कुमार गुप्ताको नाम सर्वसम्मतीले सिफारिस गरेको छ ।

 

प्रमोद साह कानुको अध्यक्षता एवं नगर अध्यक्ष राजेन्द्र यादवको प्रमुख आतिथ्यमा आज बसेको बैठकले वडा अध्यक्ष पदका लागि अजय कुमार गुप्ता, सदस्यहरुमा शेखर अग्रवाल, प्रदिप कुमार निराला, महिला सदस्य रेणु कुमारी, दलित महिला सदस्यमा जयकुमार देवीको नाम सिफारिस गरेको छ ।

 

यसैगरी आजै सम्पन्न बैठकले अशोक साह कानुको अध्यक्षतामा वडा कमिटी पुर्नगठन गरेको छ । कमिटीको उपाध्यक्षमा दशै साह कानु, सचिव चन्दन वर्णवाल, उपसचिव बिगु साह कानु, कन्हैया साह सोनार, रामबाबु पटेल लगायत रहेका छन । कार्यक्रममा नगर उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी ,सल्लाहकार प्रमोद साह कानु लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.