logo

रानीघाटमा जसपाको घरदैलो सम्पन्न,समस्याको समाधान प्रथामिकतामा राखिने सिंहको प्रतिवद्धता

 इसीमाना सम्वाददता     २०७९ बैशाख ५ गते ०८: ३३ मा प्रकाशित     435   पटक पढिएको

वीरगञ्ज महानगरपालिको वडा नं ९ मा राजेशमानको घरदैलो, सम्पन्न भएको छ ।


वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपालले घरदैलो गरेको छ । वडाको रानीघाट टोलमा जसपाबाट वीरगञ्ज महानगरपालिकाका प्रस्तावित मेयर उम्मेदवार राजेशमान सिंहको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको हो ।

 

घरदैलोका क्रममा वडावासीले आसन्न स्थानीय तहमा पनि जसपाका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता जनाएका छन् ।


सिंहसँग स्थानीयले वडामा हुन् नसकेको काम र विकासका बारेमा समेत कुरा राखेका थिए । वडावासीहरुको प्रश्नको प्रतिक्रिया दिँदै सिंहले आफु मेयरमा निर्वाचित भए वडाका सम्पूर्ण समस्याहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफू राजनीतिक पृष्ठभूमिबाट आएकोले जनताको बीचमा रहेर काम गर्ने बताए ।

 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वडाअध्यक्ष मनोज कलवार, जसपाका नेता मुकेश द्विवेदीलगायतका जसपाका नेता तथा कार्यकर्ताहरु घरदैलोमा उपस्थित थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.