रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टी पर्साका अध्यक्ष हरेन्द्र प्रसाद साह कानु र तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष योगेन्द्र कुर्मी बुधवार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
जसपा जिल्ला समन्वय समिति पर्साको कार्यालयमा भएको कार्यक्रममा उहाँहरुलाई पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले स्वागत गर्नु भएको हो ।
नेकपा एमालेका मनिर आलम, नेपाली कांग्रेसका पवन कुमार सिँह, सुब्बा राम, शारदा शंकर गुप्ता, बृजेश राम लगायत जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनु भयो ।
प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य हरिनारायण रौनियार, मधेश प्रदेश सदस्य गौरीशंकर साह पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया