logo

नेकपा एमाले र लोसपावीच बीरगंजमा तालमेल मेयरमा एमाले उपमेयरमा लोसपा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ८ गते १२: ०४ मा प्रकाशित     864   पटक पढिएको

बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।


सहमतीका बिषय दुबै दलले बीरगंजको होटेल भिषूवामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरेका हुन ।


तालमेल अनुसार महानगरको प्रमुखको उम्मेदवार नेकपा एमालेले र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीले पाउनेगरि दुबै दलले सहमती गरेका छन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् । वडाको उम्मेदवारी आपसी सहमतीमा गरिने दुबै पार्टीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।


महानगरवासीको हरेक दुस्ख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप(प्रमुखमा लोसपा नेपालको नेतृत्व गर्ने कुरा संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।


समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य एवं सह इन्चार्ज पुरुषोत्तम पौडेल नेकपा एमालेको तर्फबाट बीरगंज महानगरका प्रस्तावित मेयरका उम्मेदवार बिजय कुमार सरावगी , लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, बिमल श्रीवास्तव , लोसपा पर्साका इन्चार्ज रमेश पटेल नेता प्रहलाद गिरी संबिधान सभाका सदस्य बिचारी यादव नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा ,राजकुमार गुप्ता, अरविन्द कुमार सिंह शशी कपुर मिया, रामचन्द्र पंडित , नवराज शर्मा नेपाल बुद्धिजीवी परिषद पर्साका अध्यक्ष शम्भू गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको यियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.