logo

झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोक्न नेकपा अध्यक्ष साहको माँग

      4/16/2020 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

काठमाण्डौ ४ बशाख । 
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताउनु भएको छ  । 

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहनु भएका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाका बिषयमा यस्तो आपत्ती ननाउनु भएको हो ।

रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साह आक्रोशित हुनु भएको हो ।

 

रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता तथा नेकपा नगर अध्यक्ष मोहन मेहतालाई संलग्नता नै नभएको मुद्दामा पक्राउ पुर्जी काटेपछि प्रहरी विवादित बनेको छ ।

यही चैत्र २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा सांघातिक आक्रमण भई दर्जनौं व्यक्ति घाइते भएको कुरा सर्वविदितै छ ।

 

पीडितलाई न्याय दिलाउनुको सट्टा आज रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर भएको छ । घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा  चलाउने गृह प्रशासनको कार्य निन्दनीय छ ।

 

अहिलेको २१औं शताब्दीमा लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालमा यस्ता जंगली हर्कत किमार्थ स्वीकार्य छैन ।ू अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।  तसर्थ यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गरोस् भन्ने माग गर्दछु । बिज्ञप्तिमा भनिएको छ ।
    
गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालगायतका केही व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठायो ।

 

अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयरलगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको बिज्ञप्तिमा उल्लेख छ ।  तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु कतिको न्यायसंगत छ । अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनमा ईशनाथ नगरपालिका अस्तव्यस्त छ ।

 

अध्यक्ष साहको विज्ञप्तिमा भनिएको छ,  मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा छ । यो गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने ? के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन ? यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्ष साहले बिज्ञप्ति मार्फत भन्न्नु भएको छ । 
     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.