logo

वीरगञ्जकोे बिकाश गर्न एमालेको नेतृत्व आवश्यक : सरावगी

 इसिमाना सम्वाददाता     २०७९ बैशाख ९ गते ०९: १२ मा प्रकाशित     565   पटक पढिएको

वीरगञ्ज, ९ बैशाख: वीरगञ्जकोे बिवस गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख बिजय कुमार सरावगीले आग्रह गरेका छन् । वीरगञ्ज महानगरपालिका ७ मा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले परिर्वतन गर्न सुर्यमा भोट दिने आग्रह गर्नु भयो ।

वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केहि तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताउनुभयो । उहाँले राजनीतिमा छाडापन बढेको चर्चा गदै छद्मभेषीसंँग सजग रहनु पर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाउनु भयो । वीरगञ्जको विकास गर्न एमालेको सरकार आवश्यक रहेको वीरगञ्जका मेयर बिजय सरावगीले बताउनु भएको छ । यसैगरी विभिन्न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरु आज एमाले प्रवेश गरेका छन् । नवप्रवेश नेताहरुलाई मेयर बिजय कुमार सरावगीले फुलमाला लगाई स्वागत गरेका थिए । त्यसैगरी वीरगञ्ज ७ मा नेकपा एमालेको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.