logo

जनता समाजवादी पार्टी वडा नं १ मा प्रवेश कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १० गते १२: ५९ मा प्रकाशित     482   पटक पढिएको

जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा वडा नम्बर १ को विभिन्न टोलका ब्यक्तिहरु जसपा प्रवेश गरेको बताइएको छ । नवप्रवेशीहरुलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र टिका लगाएर स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गर्दै नेता सिंहले वीरगञ्जको विकास जसपा बहेको पार्टीले नगर्ने सक्ने दावी गरे । जसपासँग वीरगञ्जलाई विकास गरेर एउटा अत्याधुनिक शहर निर्माण गर्ने गुरुयोजना भएको बताउँदै उनले पार्टीका उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउन अनुरोध गरेका थिए ।

जसपाबाट वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार वैजनाथ प्रसाद साहको सभापतित्वमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, नेता मुकेश द्विवेदीलगायातको आफ्नो मन्तव्य राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.