logo

जसपाका जिल्ला सदस्य यादव सहित दर्जर्नौ ब्यक्ति एमाले प्रवेश

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १० गते ०३: २३ मा प्रकाशित     748   पटक पढिएको

पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्र यादव झिनो मतले पराजित भएका थिए ।

 

जसपाका पर्सा जिल्ला कार्य समितिका सदस्य समेत रहेका यादब सहित ठुलो संख्यामा एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमाले बीरगंज महानगरपालिकाको निर्बाचन परिचालन कमिटीको कार्यालयमा पार्टीका नेताहरुले खादा र अबिरको रातो टिका लगाएर एमालेमा प्रबेश गराएका हुन ।

 

उनीहरुलाई एमालेका नेतहरु प्रभु हजरा, निर्मला देबकोटा, बिचारी यादब, बसुरुद्दिन अन्सारी, बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगी, शिव गुप्ता, इमाम हुसेन खुर्रम अन्सारी लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन ।

 

सो कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले आउँदो निर्बाचन वीरगंजलाई बिकास गर्ने कि विनास गर्ने भन्ने बीचको युद्ध भएकोले कुनै अर्थमा बवकास र परिवर्तनको पक्षपाती एमालेको उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।

 

पार्टी प्रबेश गर्नेहरुमा जितेन्द्र यादब, प्रयाग भण्डारी, रसिद अन्सारी, शेष अब्दुल कैष, सुरज पटेल, सिकेन्द्र महतो, सुनिल पासवान, जितेन्द्र हजरा, असर्फी पासवान, सेषनाथ साह,जोखन राम, खलिल अन्सारी, सन्तोष राम, नुरुल्लाहा हसन, हारुन अन्सारी, शेख फैयाज, राजेश्वर महतो, शम्भु महतो, डंकन माझी, प्रभुमाझी, भुटी महतो, बुनिलाल प्रसाद यादब, सुरेन्द्र मण्डल, रमेश प्रसाद मण्डल, शेष अतिउल्लाहा, शेष शेर महमद, शेष लाल महमद, लतिफ अन्सारी, शेष महमद, सुभाष गुप्ता लगायत रहेका छन। ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.