logo

खाता नभएको बैंकमा ५० करोड ! पुष्टि गर्न सरावगीको चुनौती

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १० गते ०४: ०० मा प्रकाशित     1076   पटक पढिएको

अगामी वैशाख ३० हुने स्थानीयचुनावको सरगर्मी वीरगञ्जमा बढ्दो छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसँगै यहाँको राजनीतिमा तरंग ल्याइदिएको छ ।

 

अघिल्लो चुनावमा तेस्रो स्थान हासिल गरेका तत्कालिन राजपाका उम्मेदवार राजेशमान सिंहले यसपाली जसपा प्रवेश गरी उम्मेदवारी दिने तयारीमा छन् । जसपाका सांसद प्रदीप यादव सिंहलाई लिएर विहान र सांझ घरदैलो दौडाहामा छन् । कार्यकर्तालाई रिझाउन दुबैले सस्तो प्रचारवाजीको सहारा लिएका छन् ।

गत बिहीबार वीरगञ्ज महानगरपालिकाको वडा नं. २६ सुगौलीविर्तामा आयोजित चुनावी सभामा सांसद यादवले मेयर सरावगीले पछिल्लो २ वर्षमा कुमारी बैंकमा ५० करोड रुपैयाँ फिक्सड डिपोजिट गरेको दाबी गरे ।

 

सम्पत्ति शुद्धिकरण विभागले उक्त सम्पत्तिबारे छानबिन गर्नुपर्ने यादवले भनेपछि चुनावी सभामा भेला भएका कार्यकर्ताले ताली पिटेका थिए । तर सत्य कुरा के भने बिजय सरावगीको नाममा कुमारी बैंकमा कुनै खाता नै छैन । आफ्ना ग्राहकको बिषयमा बैंकले कुनैपनि सूचना राष्ट्र बैंकलाई बाहेक अरुलाई दिन मिल्दैन ।

आफना ग्राहकको बैंकीङ अवस्था श्रीमानको भए श्रीमतीलाई त नदिने प्रचलन रहेकोमा देशको सांसद जस्तो जिम्मेवार मान्छेले गैर जिम्मेवार अभिब्यक्ति दिएकोमा वीरगञ्जको बौद्धिक जगत निराश भएको छ ।

 

कुमारी बैंकमा आफ्नो कुनै खाता नरहेको स्वयं सरावगीले जानकारी दिएका छन् । सम्पति शुद्धीकरण विभागलाई सूचना नदिई माननीय जस्तो व्यक्तिले सस्तो प्रचारवाजीका लागि कार्यकर्ताको वीचमा तथ्यहीन कुरा बोल्दै हिँड्को सचेत नागरिकले गुनासो गरेका छन् । वीरगञ्ज १७ का अजय साहले सरावगीलाई हराउन कुनैै एजेण्डा नभएपछि बिरोधीहरुले झुठको खेती गर्दै बर्बराउन थालेको बताए ।

 

उनका अनुसार अव सरावगीका बारेमा आरोप लगाउने कुनै तथ्यपूर्ण आधार नभएपछि यस्ता खालको प्रचारमा बिरोधीहरु उत्रिन थालेका हुन् । कस्तोखालको राजनीतिक चरित्र बोकेका छन् यसैले स्वतः प्रष्ट भएको उनी बताउँछन् । एमाले मेयरका प्रत्यसी बिजयकुमार सरावगीले कुमारी बैंकको खातामा पैसा रहेको पुष्टि गर्न आरोप लगाउनेहरुलाई चुनौती दिएका छन् ।

तथ्यहिन कुराको साहरा लिएर एमालेको जनाधार कमजोर बनाउन नसकिने उनको प्रतिक्रिया छ । ‘प्रदेशमा सांसद यादवकै पार्टीका मुख्यमन्त्री छन्, केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा उनको पार्टीले महत्वपूर्ण मन्त्रालय लिएर राजकाज चलाइरहेको छ,’ माइस्थानका राजिव साहले भने, ‘राज्यका सबै मेसिनरीमा सांसदको पहुच छ, तैपनि सस्तो प्रचारवाजीका लागि कार्यकर्ताबीच तथ्यहीन कुरा गर्दै हिँड्नु शोभनीय विषय हैन् ।’
केहीदिन अगाडि जसपाका मेयरका उम्मेदवार राजेशमान सिंह र सांसद यादवले सिटिङ मेयर विजयकुमार सरवागीले आफ्नो कार्यकालमा थुप्रै भ्रष्टचार गरेको एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाबी गरे ।

मेयरले गरेको भ्रष्टचारको फाइल अध्ययनगरि मेयरलाई हत्कडी लगाउने दाबी समेत गरे । ‘जब आफ्नै दलको मुख्यमन्त्री छ, आफ्नै दलको संघीय सरकार छ, अनि अहिले नै छानबिन गरि हत्कडी लगाउने कि चुनावी माइलेजका लागि तथ्यहीन कुरा बोल्दै हिँड्ने ?’ रानीघाटका विकाश चौरसिया भन्छन्, ‘यस्तै तथ्यहीन कुरा गर्दै हिँड्ने नेताहरुको कारण हाम्रो वीरगञ्ज दिनप्रतिदिन पछाडि पर्दै गइरहेको छ ।

 

’ मधेश आन्दोलन पछि जनताले वीरगञ्जको मेयर मात्र नभई प्रदेशको मुख्यमन्त्री र संघीय सांसद समेत जिताएर पठाए । चौरसियाका अनुसार विकासका पूर्वाधार बनाउन होडबाजी हुनुपर्नेमा आफ्नै पार्टीका मेयरलाई कसरी असफल बनाउने षडयन्त्र मात्रभए ५ वर्षमा । सिमित स्रोतसाधनका बावजुद जनताको मन जित्न सफल भएका मेयरका विरुद्ध माननीय जस्तो व्यक्तिले तथ्यहीन कुरा गर्दै हिँड्नुलाई महानगरवासीले बुझ्न थालेका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.