logo

खाता नभएको बैंकमा ५० करोड ! पुष्टि गर्न सरावगीको चुनौती

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १० गते ०४: ०० मा प्रकाशित     837   पटक पढिएको

अगामी वैशाख ३० हुने स्थानीयचुनावको सरगर्मी वीरगञ्जमा बढ्दो छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसँगै यहाँको राजनीतिमा तरंग ल्याइदिएको छ ।

 

अघिल्लो चुनावमा तेस्रो स्थान हासिल गरेका तत्कालिन राजपाका उम्मेदवार राजेशमान सिंहले यसपाली जसपा प्रवेश गरी उम्मेदवारी दिने तयारीमा छन् । जसपाका सांसद प्रदीप यादव सिंहलाई लिएर विहान र सांझ घरदैलो दौडाहामा छन् । कार्यकर्तालाई रिझाउन दुबैले सस्तो प्रचारवाजीको सहारा लिएका छन् ।

गत बिहीबार वीरगञ्ज महानगरपालिकाको वडा नं. २६ सुगौलीविर्तामा आयोजित चुनावी सभामा सांसद यादवले मेयर सरावगीले पछिल्लो २ वर्षमा कुमारी बैंकमा ५० करोड रुपैयाँ फिक्सड डिपोजिट गरेको दाबी गरे ।

 

सम्पत्ति शुद्धिकरण विभागले उक्त सम्पत्तिबारे छानबिन गर्नुपर्ने यादवले भनेपछि चुनावी सभामा भेला भएका कार्यकर्ताले ताली पिटेका थिए । तर सत्य कुरा के भने बिजय सरावगीको नाममा कुमारी बैंकमा कुनै खाता नै छैन । आफ्ना ग्राहकको बिषयमा बैंकले कुनैपनि सूचना राष्ट्र बैंकलाई बाहेक अरुलाई दिन मिल्दैन ।

आफना ग्राहकको बैंकीङ अवस्था श्रीमानको भए श्रीमतीलाई त नदिने प्रचलन रहेकोमा देशको सांसद जस्तो जिम्मेवार मान्छेले गैर जिम्मेवार अभिब्यक्ति दिएकोमा वीरगञ्जको बौद्धिक जगत निराश भएको छ ।

 

कुमारी बैंकमा आफ्नो कुनै खाता नरहेको स्वयं सरावगीले जानकारी दिएका छन् । सम्पति शुद्धीकरण विभागलाई सूचना नदिई माननीय जस्तो व्यक्तिले सस्तो प्रचारवाजीका लागि कार्यकर्ताको वीचमा तथ्यहीन कुरा बोल्दै हिँड्को सचेत नागरिकले गुनासो गरेका छन् । वीरगञ्ज १७ का अजय साहले सरावगीलाई हराउन कुनैै एजेण्डा नभएपछि बिरोधीहरुले झुठको खेती गर्दै बर्बराउन थालेको बताए ।

 

उनका अनुसार अव सरावगीका बारेमा आरोप लगाउने कुनै तथ्यपूर्ण आधार नभएपछि यस्ता खालको प्रचारमा बिरोधीहरु उत्रिन थालेका हुन् । कस्तोखालको राजनीतिक चरित्र बोकेका छन् यसैले स्वतः प्रष्ट भएको उनी बताउँछन् । एमाले मेयरका प्रत्यसी बिजयकुमार सरावगीले कुमारी बैंकको खातामा पैसा रहेको पुष्टि गर्न आरोप लगाउनेहरुलाई चुनौती दिएका छन् ।

तथ्यहिन कुराको साहरा लिएर एमालेको जनाधार कमजोर बनाउन नसकिने उनको प्रतिक्रिया छ । ‘प्रदेशमा सांसद यादवकै पार्टीका मुख्यमन्त्री छन्, केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा उनको पार्टीले महत्वपूर्ण मन्त्रालय लिएर राजकाज चलाइरहेको छ,’ माइस्थानका राजिव साहले भने, ‘राज्यका सबै मेसिनरीमा सांसदको पहुच छ, तैपनि सस्तो प्रचारवाजीका लागि कार्यकर्ताबीच तथ्यहीन कुरा गर्दै हिँड्नु शोभनीय विषय हैन् ।’
केहीदिन अगाडि जसपाका मेयरका उम्मेदवार राजेशमान सिंह र सांसद यादवले सिटिङ मेयर विजयकुमार सरवागीले आफ्नो कार्यकालमा थुप्रै भ्रष्टचार गरेको एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाबी गरे ।

मेयरले गरेको भ्रष्टचारको फाइल अध्ययनगरि मेयरलाई हत्कडी लगाउने दाबी समेत गरे । ‘जब आफ्नै दलको मुख्यमन्त्री छ, आफ्नै दलको संघीय सरकार छ, अनि अहिले नै छानबिन गरि हत्कडी लगाउने कि चुनावी माइलेजका लागि तथ्यहीन कुरा बोल्दै हिँड्ने ?’ रानीघाटका विकाश चौरसिया भन्छन्, ‘यस्तै तथ्यहीन कुरा गर्दै हिँड्ने नेताहरुको कारण हाम्रो वीरगञ्ज दिनप्रतिदिन पछाडि पर्दै गइरहेको छ ।

 

’ मधेश आन्दोलन पछि जनताले वीरगञ्जको मेयर मात्र नभई प्रदेशको मुख्यमन्त्री र संघीय सांसद समेत जिताएर पठाए । चौरसियाका अनुसार विकासका पूर्वाधार बनाउन होडबाजी हुनुपर्नेमा आफ्नै पार्टीका मेयरलाई कसरी असफल बनाउने षडयन्त्र मात्रभए ५ वर्षमा । सिमित स्रोतसाधनका बावजुद जनताको मन जित्न सफल भएका मेयरका विरुद्ध माननीय जस्तो व्यक्तिले तथ्यहीन कुरा गर्दै हिँड्नुलाई महानगरवासीले बुझ्न थालेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.