logo

चौतारीको बैठक सम्पन्न, १४ तहमा पत्रकार खटिए

एमालेको पक्षमा लहर ल्याउने, नेतृत्वले अनुगमन गर्ने

      २०७९ बैशाख १० गते १७: ३६ मा प्रकाशित     655   पटक पढिएको

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा एमालेको उम्मेदवारहरुलाई सहयोग गर्न र पार्टीले आयोजना गरेका कार्यक्रम जनसमक्ष लग्न जिम्मेवारी तोकिएको छ ।

जसअनुसार पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा कबिता खड्का, २ मा जितेन्द्र साह, ३ मा सञ्जिव मिश्र र ४ मा अनुप तिवारीलाई संयोजक तोकिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ को पर्सागढी नगरपालिकामा चौतारीका उपाध्यक्ष तुलसी भण्डारी (विजय), बहुदरमाई नगरपालिकामा पन्नालाल साह, विन्दवासिनी गाउँपालिकामा एसके चौरसिया, पोखरिया नगरपालिकामा धर्मेन्द्र चौरसिया, पकाहामैनपुर गाउँपालिकामा कृष्ण कुशवाहा, धोबिनी र छिपहरमाई गाउँपालिकामा राजन बानियाँ, धर्मेन्द्र यादव, जिराभवानीमा शम्भु महतो थारु, ठोरीमा प्रताप श्रेष्ठ, जगरनाथपुरमा ग्यासुमियाँ देवान र नितेश कर्ण,  सखुवा प्रसौनीमा राजेन्द्र सिंह नेपाली, कालिकामाई गाउँपालिकामा अनुप तिवारी, वीरगञ्ज महानगरपालिकाको कविता खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै जिल्लाका पदाधिकारी र सचिवालय सदस्यहरु एवं सल्लाहकारहरुले समग्र जिल्लाभरीमा प्रेस चौतारीको पहिचान स्थापित हुने गरी उम्मेदवारहरुलाई जनसमक्ष स्थापित गर्न आवश्यक पर्ने सल्लाह एवं अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ । चौतारीका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकमा जिल्ला कार्यसमिती पदाधिकारी एवं सदस्यहरु र सल्लाहकारको समेत सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.