logo

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखले गरे शपथ ग्रहण

 इसीमाना सम्बाददाता      २०७९ जेठ ९ गते ०४: १८ मा प्रकाशित     886   पटक पढिएको

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुको शपथ ग्रहण सोमवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रमुखहरुलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाइ शपथ खुवाएका छन् ।

बीरगंज महानगरपालिका बाहेकका तीन नगरपालिका र दश गाउँपालिका प्रमुखले शपथ ग्रहण गरेका हुन ।


पर्साको जिराभवानी गाउँपालिका प्रमुखमा कांग्रेसका अनोज चौधरी, कालिकामाई गाउँपालिका प्रमुखमा जसपाका बशिष्ट गुप्ता, पटेर्वा सुगौली गाउँपालिका प्रमुखमा कांग्रेसका दिनेश चौधरी, पकहा मैनपुर गाउँपालिका प्रमुखमा कांग्रेसकै सुरेश मेहता, पर्सागढी नगरपालिका प्रमुखमा एमालेका गोकर्ण पाठक, जगरनाथपुर गाउँपालिका प्रमुखमा कांग्रेसका श्रीकान्त यादव, ठोरी गाउँपालिका प्रमुखमा एमालेका लालबहादुर श्रेष्ठ, बहुदरमाई नगरपालिका प्रमुखमा जसपाका सिंगासन साह तेली, सखुवा प्रसौनी गाउँपालिका प्रमुखमा एमाले यसवन्त यादव, धोबिनी गाउँपालिका प्रमुखमा जसपाका मदन चौहान, पोखरिया नगरपालिकाको प्रमुखमा एमालेका प्रदुम्न चौहान, बिन्दवासिनी गाउँपालिका प्रमुखमा लोसपाका प्रमोद तिवारी र छिपहरमाई गाउँपालिका प्रमुखमा एमालेका मनोज गुप्ता निर्वाचित भएका छन् ।


शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजङ्ग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेका साथै दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.