बीरगंज १२ बैशाख ।
राजपा र सपकाको एकतालाई पार्टीका तल्लो कमिटीहरुले स्वागत गरेका छन । दुबै पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव र जगदीश पटेलले शुक्रवार एक बिज्ञप्तिा जारी गरि दुबै पार्टीको एकतालाई राजनीतिक अग्रगमनका एउटा नयाँ अध्याय शुभारम्भ भनेका छन ।
बिज्ञप्तिमा लकडाउनको बेलमा सरकारले अध्यादेश ल्याएर नयाँ तरंग ल्याएको ठहर गर्दै त्यस भित्र विशेष रुपले मधेश र मधेशीदललाई कमजोर बनाउन षडयन्त्र लुकेको थियो भनिएको छ ।
संघीयता धर्म निरपेक्षता गणतन्त्र र समावेशीताको मुद्धालाई कमजोर असफल बनाउन भएको चलखेलको बिरुद्ध पार्टी एकताले आम नेपाली जनताको चाहनालाई समबोधन गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा जन चाहना अनुरुपको पार्टीको उकतालाई मूर्त रुप दिने काममा संलग्न शिर्ष नेतृत्व सहित पार्टी पंक्तिालाई बधाई तथा शुभकामना समेत दिइएको छ ।
तपाईको प्रतिक्रिया