logo

डा.यादव अपहरण प्रकरण माछो माछो भ्यागुतो,तथ्य र कथ्यमा निकै फरक

      4/27/2020 गते 00 00 मा प्रकाशित     1664   पटक पढिएको

बीरगंज १५ बैशाख । 
                                 डा.सुरेन्द्र यादवको अपहरण प्रकरण ,तथ्यहरुले के भन्छन  ?

१. डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौं सम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन,


२. डा. यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई दिएको देखिदैन, 


३. आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमा काठमाडौ पुगे । यो वीचमा आफू यसरी जान लागेको कुरा आफना अध्यक्ष उपेन्द्र यादवलाई जानकारी दिएको बताइरहेका छन । 


४. बाटोमा प्रधानमन्त्रीका नीजि सचिव सग पनि फोनमा कुरा गरेका छन । 


५. आफनै घरमा खाना खाए अपहरण गरे भन्नेहरुलाई पनि खाना ख्वाए । भिनाजु भान्जा आफनो सुरक्षाकर्मी सहित हिडे अनि तीन जनाले डा.लाई कसरी अपहरण गर्छन ?


६. स्वयम् यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराई लाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटो बाट फोन गरेर उपेन्द्र यादव लाई कहाँ आउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएका छन यसको अर्थ के हो ? 


७. काठमाडौं आईपुग्नु अगावै मध्ये रातमा पार्टी मिल्लेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादव लाई फ‍ोन गरी बाबुराम भट्टराई को गाडीमा होटेल बाट गएको,  


८. काठमाडौं आएर दिएक‍ो सुरुसुरुका अन्तरवार्ताहरुमा उनी स्वंयमले आफू अपहरण नपरेको बताउदै आएका थिए । तेश्रो दिनमा एकाएक अपहरण भएको राग अलाप्न थाले । 


९. पूर्व प्रधानमन्त्री भट्टराईले घरमा राखी अन्तर्वार्तामा परिवर्तन गर्न दवाब दिएको,


१०. काठमाडौं आउने क्रममा संसद यादव सग सम्पर्क नभए पछि   बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो संसद खोजी गर्न छोडेर किन मध्य रातमा पार्टी एकता घोषणा गर्न लागे ?


११. अपहरणमा परेका भनिएका डा.यादवले घरमा फोन सम्पर्कहुदा आफू अपहरणमा नपरेको र ढुक्क हुन भनेको कुरा उनका परिवारका सदस्य कोट गरेर समाचारमा आएको तथ्यलाई कसरी नजरअन्दाज गर्न मिल्छ ?


माथिका यि तथ्यहरुले डा.सुरेन्द्र यादवको कथ्य सहि छैन भन्ने देखाउछ । यसमा महत्वपूर्ण कुरा सोही पार्टीका पर्साका क्षेत्र नं १ बाट निर्वाचित सासँद प्रदीप यादवले उनको बारेमा बिभिन्न वार्ताहरुमा दिएको अभिब्यक्तिलाई किन नजरअन्दाज गरिन्छ ?

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.