logo

डा.यादव अपहरण प्रकरण माछो माछो भ्यागुतो,तथ्य र कथ्यमा निकै फरक

      4/27/2020 गते 00 00 मा प्रकाशित     1502   पटक पढिएको

बीरगंज १५ बैशाख । 
                                 डा.सुरेन्द्र यादवको अपहरण प्रकरण ,तथ्यहरुले के भन्छन  ?

१. डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौं सम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन,


२. डा. यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई दिएको देखिदैन, 


३. आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमा काठमाडौ पुगे । यो वीचमा आफू यसरी जान लागेको कुरा आफना अध्यक्ष उपेन्द्र यादवलाई जानकारी दिएको बताइरहेका छन । 


४. बाटोमा प्रधानमन्त्रीका नीजि सचिव सग पनि फोनमा कुरा गरेका छन । 


५. आफनै घरमा खाना खाए अपहरण गरे भन्नेहरुलाई पनि खाना ख्वाए । भिनाजु भान्जा आफनो सुरक्षाकर्मी सहित हिडे अनि तीन जनाले डा.लाई कसरी अपहरण गर्छन ?


६. स्वयम् यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराई लाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटो बाट फोन गरेर उपेन्द्र यादव लाई कहाँ आउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएका छन यसको अर्थ के हो ? 


७. काठमाडौं आईपुग्नु अगावै मध्ये रातमा पार्टी मिल्लेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादव लाई फ‍ोन गरी बाबुराम भट्टराई को गाडीमा होटेल बाट गएको,  


८. काठमाडौं आएर दिएक‍ो सुरुसुरुका अन्तरवार्ताहरुमा उनी स्वंयमले आफू अपहरण नपरेको बताउदै आएका थिए । तेश्रो दिनमा एकाएक अपहरण भएको राग अलाप्न थाले । 


९. पूर्व प्रधानमन्त्री भट्टराईले घरमा राखी अन्तर्वार्तामा परिवर्तन गर्न दवाब दिएको,


१०. काठमाडौं आउने क्रममा संसद यादव सग सम्पर्क नभए पछि   बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो संसद खोजी गर्न छोडेर किन मध्य रातमा पार्टी एकता घोषणा गर्न लागे ?


११. अपहरणमा परेका भनिएका डा.यादवले घरमा फोन सम्पर्कहुदा आफू अपहरणमा नपरेको र ढुक्क हुन भनेको कुरा उनका परिवारका सदस्य कोट गरेर समाचारमा आएको तथ्यलाई कसरी नजरअन्दाज गर्न मिल्छ ?


माथिका यि तथ्यहरुले डा.सुरेन्द्र यादवको कथ्य सहि छैन भन्ने देखाउछ । यसमा महत्वपूर्ण कुरा सोही पार्टीका पर्साका क्षेत्र नं १ बाट निर्वाचित सासँद प्रदीप यादवले उनको बारेमा बिभिन्न वार्ताहरुमा दिएको अभिब्यक्तिलाई किन नजरअन्दाज गरिन्छ ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.