वीरगञ्ज,१६ बैशाख । राष्टिय युवा संघ राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचारलाई राजनीति अपरिपक्वता भन्दा आफना पूर्व अध्यक्ष अहिलेका इन्चार्ज एकं सासद महेश बस्नेतको बचाउ गरेको छ ।
संघका पर्सा जिल्ला अध्यक्ष महमद निजामुद्धिनले एक प्रेस विज्ञप्ति जारि गर्दै समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादबको कथित अपहरण प्रकरणमा आफनाृ संगठनका इन्चार्ज नाम जोडेर भ्रमको खेती गरिएको भन्दै आपत्ती जनाउनु भएको छ ।
कथित अपहरणमा परेको भनेर चर्चामा आएका समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले विभिन्न सञ्चारमाध्यममा पहिलो दिन दिएका अन्र्तवार्तामा आफू अपहरणमा नपरेको उल्लेख गरेका छन । कहिले भेटघाट र छलफल हो भनेका छन ।
पछिल्लो पटक उनका पार्टीका नेताको उक्साहटमा अहपरणको नाटक मंचन गर्ने षडयन्त्र हुदैछ । राजनीतिक तिकडम र षडयन्त्रलाई युवा संघले सफल हुन नदिने बिज्ञप्ति मार्फत दृढता ब्यक्त गरिएको छ ।
सक्षम युवा नेतृत्वलाई राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाउनेलाई यथाशिघ्र कारवाही गर्न संघले विज्ञप्ती मार्फत माग गरेको छ।
तपाईको प्रतिक्रिया